नयाँ कोरोनाको बढी प्रभाव बालबालिकामा देखिएकाले विद्यालय बन्द : शिक्षामन्त्री श्रेष्ठ – Nepal Press

नयाँ कोरोनाको बढी प्रभाव बालबालिकामा देखिएकाले विद्यालय बन्द : शिक्षामन्त्री श्रेष्ठ

कुनैपनि तहको परिक्षा भने नरोकिने

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्ष मुनिका उमेर समुहमा कोरोना भाइरस (नयाँ भेरिएन्ट) संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द गर्नुपरेको बताएका छन ।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मन्त्री श्रेष्ठले २५ वर्ष भन्दा मुनिका उमेर समुहमा कोरोना भाइरस संक्रमणको दर बढेकाले पठन पाठनलाई अनलाइन माध्यमबाट गर्नेगरी बैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताए ।

‘२५ वर्षभन्दा तलका उमेरका विद्यार्थी भाईबहिनीहरुमा यसको प्रभाव अलि बेसी देखिएको हुनाले यो कदम चाल्नु परेको हो ।’ मन्त्री श्रेष्ठले भने  ‘कोरोनाको नयाँ भेरिएन्टको कारणले सबैभन्दा बढी प्रभावित बालबालिकामै पर्ने भएकाले  विद्यालय बन्द गरिएको छ ।’  उनले वैशाख मसान्तसम्म स्कुलको पठनपाठनलाई स्थगित गर्ने, भौतिक रुपमा विद्यालयमा विद्यार्थी भाईबहिनीहरुलाई उपस्थित हुन अनिवार्य नगर्ने र भर्चुअल माध्यम र इलेक्ट्रोनिक माध्यमबाट पठनपाठनलाई निरन्तरता गर्ने  निर्णय भएको जानकारी दिए ।

मन्त्री श्रेष्ठले कोरोना भाइरसको संक्रमण दर उच्च रहेको जिल्लामा स्थानीय तहको सिफारिसको आधारमा विद्यार्थीहरुलाई विद्यालयमा भौतिक रुपमा आउन अनिवार्य नगरेपनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताए । तर कुनैपनि तहको परिक्षा नरोकिने व्यवस्था मिलाएको जानकारी दिए ।

वैकल्पिक व्यवस्थाबाट पठनपाठन गर्नेगरी वैशाख मसान्त सम्मका लागि स्थगित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर