सर्वदलीय बैठकबारे बाबुराम, उपेन्द्र बेखबर, महन्थ ठाकुर पक्ष सहभागी हुने – Nepal Press

सर्वदलीय बैठकबारे बाबुराम, उपेन्द्र बेखबर, महन्थ ठाकुर पक्ष सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवलाई खबर नगरिएको बुझिएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरसँग नियमित संवादमा रहेका प्रधानमन्त्रीले बाबुराम र उपेन्द्रलाई बोलाउन नचाहेको अनुमान त्यस पार्टीका नेताहरुले गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवााटारमा विहान ११ बजे बस्ने बैठकका लागि ओलीले शेरबहादुर देउवा र प्रचण्डलाई आफैंले फोन गरेर बोलाएका छन् ।

अन्य पाटीका नेताहरुलाई पनि बालुवाटारबाट खबर गए पनि बाबुराम र उपेन्द्रलाई खबर नगरिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री र ठाकुरबीच भइरहेको वार्ता प्रक्रिया र ओली सरकारलाई साथ दिने मामिलामा ती दुई नेता विपक्षमा छन् । प्रधानमन्त्रीले संसदको हिउँदे अधिवेशन अन्त गर्नुअघि सबै दलसँग छलफल गर्न लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर