मन्त्री बन्न एमाले भएको होइन : पूर्वसांसद रेग्मी – Nepal Press

मन्त्री बन्न एमाले भएको होइन : पूर्वसांसद रेग्मी

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमालेका कर्णाली प्रदेश सचिव एवम पूर्व प्रदेश सभा सदस्य धर्मराज रेग्मीले आफू मन्त्री बन्न एमाले नभएको बताएका छन् । वीरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले नेकपा माओवादीका गैरकानूनी अध्यक्ष पुष्पकमल दाहालमा बैचारिक विचलन आएका कारण एमाले भएको बताएका हुन् ।

उनले भने, ‘तपाईलाई थाहै छ, नारायणकाजीसँग पार्टी एकता गर्दा प्रचण्डले प्रचण्डपथ त्याग्नुभयो । एमालेसँग एकता गर्दा माओवाद त्याग्नु भयो । त्यसैले उनको विचारमा स्खलन आएको छ । उहाँमा अर्काको बुई चढेर सत्तँ प्राप्त गर्ने बानी परेको छ त्यो प्रविृत्तिले देशको भलो नगर्ने भएका कारण म एमाले भएको हो ।’

आफूले आफ्ना क्षेत्रका मतदातालाई धोका नदिएको बताउँदै जनप्रतिधि रहुञ्जेल त्यस क्षेत्रका जनताको काममा कुनै कञ्जुस्याई नगरेको रेग्मीको दावी छ । उनले आफू एमालेमा आउन कुनै पनि वार्गेनिङ्ग नगरेको दाबी गर्दै माओवादीमै फर्किन आफूलाई हाताहाती मन्त्रीको अफर आएको बताए ।

‘मलाई एक हातमा पत्र ल्याउन र अर्को हातमा मन्त्री दिन्छौं माओवादीमा फर्किनुस भनेर अफर आएको थियो तर, मैले त्यो अफरलाई अस्विकार गरिदिए ।’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर