आयो मेलम्ची – Nepal Press

आयो मेलम्ची

काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौंवासीको धारामा खस्न थालेको छ ।

सुन्दरीजलबाट ११ बजे मीनभवन, महांकाल, अनामनगर र ललितपुरको खुमलटारको नयाँ ट्याङकीमा पठाइएको पानी अहिले २ बजेपछि जनताको घरमा पुगेको हो ।

पहिलो दिन पुरानो वितरण लाइनबाट मेलम्चीको पानी धारामा छोडिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेसलाई बताए ।

‘आज ४ वटा ट्यांङकीबाट ४ करोड लिटर पानी घरघरको धारामा वितरण हुदैँछ,’ उनले भने, ‘बालाजु, बाँसबारी, पानीपोखरी लगायतका ट्याङकीमा भने पानी दोस्रो चरणमा मात्रै वितरण हुनेछ ।’

अनामनगरका पाँच सय वटा धारामा पानी खस्न थालिसकेको उनले बताए ।

आयोजनाले आज र भोलि ४ करोड लिटर पानी ल्याएर बाढदैँछ । १७ गते साँढे ६ करोड लिटर, १८ र १९ गतेसाँढे ८ करोड लिटर पानी धारामा पठाइदैछ । एक हप्ता सम्म साँढे ८ करोड लिटरको हिसाबले पानी पुरानो धाराबाट वितरण हुनेछ ।

त्यसपछिको दुई सातापछि १७ करोड लिटर पानी सिस्टममा आउँने आयोजनाका प्रमुख श्रेष्ठ बताउँछन् । आयोजनाले नयाँ वितरणलाइनमा पानी पठाएको भएतापनि उक्त पानी खान योग्य नहुनेमेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

मेलम्चीको पानी वितरण गर्ने जिम्मा काठमाडाै‌‌‌ उपत्यका खानेपानी लिमिटेड( केयुकेएल)ले पाएको थियो । केयुकेएलले नयाँ पाइपलाइन विस्तार नभएको क्षेत्रमा भने पुरानै प्रणालीबाट पानी पठाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर