एमाले संसदीय दलको बैठक शुरु,वामदेव गौतम पनि सहभागी – Nepal Press

एमाले संसदीय दलको बैठक शुरु,वामदेव गौतम पनि सहभागी

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएको छ । आजको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा र पुनःस्थाापित नेकपा एमालेका दुवै पक्षका बैठक भेलामा सहभागी नभएका गौतम पहिलो पटक आज दलको बैठकमा सहभागी भएका हुन् ।

गौतम पत्नी तुलसा भने यसअघिनै संसदीय दलको बैठकमा भाग लिइसकेकी छन् । दलको बैठक लगत्तै बस्ने केन्द्रीय कमिटी बैठकमा पनि गौतम सहभागी हुने भएका छन् ।

माधव नेपाल पक्षले भने बैठक बहिष्कार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *