राष्ट्रपतिले बोलाइन् पूर्वप्रधानमन्त्रीहरु सहितको सर्वदलीय बैठक – Nepal Press

राष्ट्रपतिले बोलाइन् पूर्वप्रधानमन्त्रीहरु सहितको सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।

मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पुर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ टीका ढाकालले जानकारी दिए ।

रास्ट्रपतिले यसअघि नै दलहरू सङ्ग छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धता संगै त्यो सजिलो भएको शीतल निवासको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर