अझै किन आवश्यक छ विद्यार्थी आन्दोलन ? – Nepal Press
सन्दर्भ: अनेरास्ववियुको ५९औं स्थापना दिवस

अझै किन आवश्यक छ विद्यार्थी आन्दोलन ?

नेपालमा विद्यार्थी आन्दोलनको इतिहास त्यति लामो छैन । तर, सुनौलो थियो, छ र रहनेछ । जयन्तु संस्कृतमदेखि विधिवत रुपमा नेपाली विद्यार्थी आन्दोलनको जग बसेको मानिन्छ । बीपी कोइराला गृहमन्त्री हुँदा चिनियाकाजीको हत्यापछि विद्यार्थी आन्दोलनले खास उचाइ लिन थालेको हो । विद्यार्थी फेडेरेसन आदिको नाममा आन्दोलन उठ्दै थियो ।

२०२२ सालमा पाटन स्कुलमा कक्षा ९ मा पढ्ने सुजन खरेललाई अध्यक्ष/संयोजक बनाउँदै अनेरास्ववियुको स्थापना भयो । स्थापनपश्चात नै विद्यार्थीहरु आधिकारिक रुपमा संगठित हुँदै आन्दोलनमा होमिएका थिए ।

विद्यार्थी आन्दोलन विस्तारै उठ्ने क्रममा थियो । २०२७ सालमा अनेरास्ववियुबाट छुट्टिएर नेपाली कांग्रेसले नेविसंघ जन्मायो । जसको संस्थापक सभापति थिए विपीन कोइराला ।

विभिन्न स्कुल र कलेजमा युनियनको निर्वाचन हुन्थ्यो । २०३६ सालमा पाकिस्तानमा भुट्टोलाई मृत्युदण्ड दिएपछि नेपालमा विद्यार्थी आन्दोलनले खास उचाइ प्राप्त गर्‍यो । जसलाई विद्यार्थी आन्दोलनको टर्निङ प्वाइन्ट मानिन्छ । जसको प्रत्यक्ष फाइदा तत्कालीन विश्वविद्यालयहरु (त्रिवि र महेन्द्र संस्कृत)मा स्ववियु निर्वाचन हुने भयो । त्यो पनि हरेक दुई वर्षमा एक पटक ।

पञ्चायत कालमा पार्टीहरु भूमिगत थिए । माउ पार्टीको विचार प्रवाह, आन्दोलन उठाउन, जनतामाझ खुला रुपले जाने र बहुदलप्रति सजग गराउने कार्य विद्यार्थीहरुले नै गर्थे । अझ स्पष्ट रुपमा भन्नुपर्दा आन्दोलनको माहोल सिर्जना गर्न र जनमत बटुल्न विद्यार्थीहरुको महत्वपूर्ण भूमिका निर्वाह गरे । अझ अनेरास्ववियुले झनै सशक्त भूमिका खेल्यो । अनुशासित, पढाइमा टप गरेकाहरु अनेरास्ववियुमा आवद्ध हुने, समाजमा थिचोमिचोविरुद्ध आवाज बुलन्द गर्ने, राष्ट्रियताको सवालमा देशको पक्षमा दृढताको साथ लाग्ने आदि कारणले गर्दा अनेरास्ववियुको माहोल झन् बढ्दै गयो । फलतः तत्कालीन भूमिगत मालेलाई फाइदा नै भयो ।

पञ्चायतकालमा विद्यार्थी संगठनहरुले जे गरे ठीक गरे । त्यो बेलाको आवश्यकता नै त्यस्तै थियो । राजनीतिक दलहरुलाई प्रतिबन्ध थियो, राजनीतिक चेतनाको दियो सल्काउने कार्यभार विद्यार्थीहरुको नै थियो ।

पञ्चायतकालमा भूमिगत दलहरु विद्यार्थी संगठनहरु, बुद्धिजीवी, पेशाकर्मी आदिको एउटै मिसन थियो, पञ्चायती शासनको अन्त्य र बहुदलीय व्यवस्थाको पुनःस्थापना । पञ्चायतकालमा विद्यार्थी संगठनहरुले जे गरे ठीक गरे । त्यो बेलाको आवश्यकता नै त्यस्तै थियो । राजनीतिक दलहरुलाई प्रतिबन्ध थियो, राजनीतिक चेतनाको दियो सल्काउने कार्यभार विद्यार्थीहरुको नै थियो ।

याे पनि पढ्नुस् : नेपाली विद्यार्थी आन्दोलनका आधार र आगामी कार्यभार

२०४६/४७ पछि नेपालमा नयाँ राजनीतिक व्यवस्था सुरु भयो । भूमिगत रहेका दलहरु खुला भए । पार्टीहरुले निर्वाध रुपमा आफ्नो गतिविधि सुरु गरे । विद्यार्थी संगठनहरुमा अन्योल देखियो । राजनीतिक कार्यभार सकिएको थियो । विशुद्ध शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्नेमा राजनीतिक मुद्दा बढी शैक्षिक मुद्दा कम बोक्न थाले । उनीहरुले आफ्नो कार्यभार नै भुले । जानुपर्ने काशीको बाटो तर कुटीतर्फ लागे ।

यस बीचमा नेपालमा धेरै राजनीतिक उथलपुथल भयो । जसमा विद्यार्थीहरुले महत्वपूर्ण योगदान दिए । हो, योगदान त दिए । तर, आफ्नो कार्यभार चै मज्जाले भुले । जुन उद्देश्यका साथ विद्यार्थी संगठनको स्थापना भएको हो, अहिले त्यसको मूल मर्म नै निमोठिसके भन्दा फरक पर्दैन ।

केही उदाहरणः कुनै एउटा अमुक विद्यार्थी संगठनले त्रिविमा ताला लगाउँछ । अन्य संगठनहरुले ५-६ महिनासम्म थाहा पाउँदैन या मौन बस्छ । त्रिविले १४-१५ महिनासम्म परीक्षाफल प्रकाशित गर्दैन । तर, विद्यार्थी संगठनहरु मौन रहन्छन् ।

हरेक वर्ष विद्यालय तहमा विद्यार्थी भर्नाको समय हुन्छ । निजी विद्यालयले चर्को शुल्क असुल्छन् । त्यसमा विद्यार्थी संगठनहरुले खासै चासो दिँदैनन् । केही ठूला भनिएका विद्यालयमा आफ्ना केही मान्छेहरुको भर्ना सित्तैमा गर्न दबाब दिन्छन् । निजीसँग मिलेर केही रकम हात पारेपछि मौन हुन्छन् ।

यस बीचमा नेपालमा धेरै राजनीतिक उथलपुथल भयो । जसमा विद्यार्थीहरुले महत्वपूर्ण योगदान दिए । हो, योगदान त दिए । तर, आफ्नो कार्यभार चै मज्जाले भुले । जुन उद्देश्यका साथ विद्यार्थी संगठनको स्थापना भएको हो, अहिले त्यसको मूल मर्म नै निमोठिसके भन्दा फरक पर्दैन ।

नेपालका प्रमुख विद्यार्थी संगठनहरुले आफूलाई चुस्त राख्न सकेका छैनन् । कमिटी/समितिहरु छन, चलायमान नै छैन । केही प्रमुख विद्यार्थी संगठनको चर्चा गरौं ।

अनेरास्ववियु

नेकपा एमाले निकट विद्यार्थी संगठन हो, अनेरास्ववियु । २०७२ सालपछि गत वर्ष २०७९ फागुनमा महाधिवेशन गरेर नेतृत्व त चयन गर्‍यो । तर, अहिलेसम्म कार्यविभाजन गर्न सकेको छैन । केन्द्रीय पदाधिकारीको बैठक होटलमा गरिरहेका छन् । जबकि अखिलको कार्यालयमा केन्द्रीय कमिटीको बैठक गर्न ठाउँ अपुग भए पनि पदाधिकारी बैठक गर्न पुग्ने ठाउँ छ । अखिलले केन्द्रीय कमिटीको बैठक पार्टी प्यालेस या होटलमा गर्नुबाहेक अर्काे विकल्प नै छैन ।

नेविसंघ

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन हो, नेविसंघ । नेविसंघमा अधिवेशन समयमै हुने कुरा कल्पनामात्र गर्न सकिन्छ । नेविसंघको समिति भंग गरेर पार्टीले दुजाङ शेर्पालाई सभापति तोक्नेबाहेक केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन । पदाधिकारी त कुरै छोडौं, समितिसमेत बन्न सकेको छैन । यहीबाट थाहा हुन्छ, नेविसंघभित्र कति भद्रगोल छ भन्ने कुरा ।

अखिल क्रान्तिकारी

अखिल क्रान्तिकारी माओवादी केन्द्र निकट विद्यार्थी संगठन हो । यसले पनि पछिल्लो समयमा नियमित सम्मेलन अधिवेशन गर्न सकेको छैन । पार्टीले पञ्चा सिंहलाई टीका लगाएर पठाएपछि लामो समयसम्म केन्द्रीय समितिले पूर्णता पाउन सकेन । त्यहाँ दुई गुट प्रस्ट देखियो । पवन कार्की समूहले समानान्तर गतिविधि गरेपछि पार्टीले अहिले कमिटी नै भंग गरेर तदर्थ समिति घोषणा गरेको छ । पार्टीको असर यहाँ प्रस्ट देखिन्छ ।

अन्त्यमा, विद्यार्थी संगठनहरुले जे गर्नुपर्ने हो, त्योबाहेक सबै काम गरिरहेका छन् । यस्तै तरिका रहने हो भने नेपालमा विद्यार्थी संगठनको आवश्यकता नै रहन्न र हुनु पनि हुन्न ।

थप याे पनि पढ्नुस् : गर्विलो इतिहास बोकेको विद्यार्थी आन्दोलन र साख जोगाउने लयमा अनेरास्ववियु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर