सन्दीपबारे प्रमुख प्रशिक्षक देसाई- उनी टीममा फर्कन तयार हुँदैछन् – Nepal Press

सन्दीपबारे प्रमुख प्रशिक्षक देसाई- उनी टीममा फर्कन तयार हुँदैछन्

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मन्टी देशाईले सन्दीप लामिछाने टीममा फर्कन तयार भइरहेको बताएका छन् ।

राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा देशाईले भने, ‘उनी कसरी मैदान फर्कन्छन् भन्ने महत्वपूर्ण थियो । तर उनी मैदानमा आफ्नो भूमिका र शीपमा पूर्ण उपस्थित देखिन्छन् । टीमले पनि उनलाई राम्रोसँग ग्रहण गरिरहेको छ । उनलाई थाहा छ आफुले के गर्छुपर्छ भनेर त्यो भनेको बलिङ हो ।’

देशाईले आफूले क्रिकेट र क्रिकेटको भाषा बुझ्ने भन्दै नेपाली टोलीको आजको दिनसम्म पूरा प्रक्रिया अपनाइएको बताए । यता नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई राष्ट्रिय टोलीमा राख्ने नराख्ने विषय छनोट समिती र प्रशिक्षकको भएको बताएका छन् ।

प्रशिक्षक देसाईले नेपाली क्रिकेट म्याच फिक्सिङको विवादमा परेपनि त्यसलाई बिर्सिएर सतप्रतिशत दिने बताए । ‘उतारचढाव हरेकको जिवनमा आउँछ। तर त्यसलाई पार गरेर शतप्रतिशत दिने हो। अहिले हामी यी सबै कुरालाई बाहिर राखेर सतप्रतिशत दिन प्रयाश गर्ने छौँ’, उनले भने ।

देशाईले टीम अहिले कुन परिस्थितीमा चलिरहेको भन्नेबारे आफू जानकार भएको बताउँदै एक ढिक्का हुनुको विकल्प नभएको बताए । ‘नराम्रा कुराहरुलाई बाहिरै राख्नुपर्छ । म राम्रो र खुशी ड्रेसिङ रुम चाहन्छु । सबै एक ढिक्का भएर परिस्थितीको सामाना गर्नुपर्छ’, देशाईले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *