भ्यालेन्सियामाथि रियलको सहज जित – Nepal Press

भ्यालेन्सियामाथि रियलको सहज जित

काठमाडौं । स्पेनिस लालिगा अन्तर्गत रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकालेकाे छ ।

रियलले घरेलु मैदान सान्टियागो बर्नबेउमा भ्यालेन्सियालाई २-० गोलको नतिजामा पराजित गर्दै शीर्षस्थानमा रहेको बार्सिलोनासँग अंक दूरी छोट्याएको छ ।

जितमा मार्को एसेन्सियो र भिनिसियस जुनियरले गोल गरे । पहिलो हाफ गोलरहित बराबरिमा सकिएको खेलको ५२औं मिनेटमा मार्कोले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए ।

त्यसको दुई मिनेट नबित्दै भिनिसियसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

यो जितसँगै रियलले शीर्षस्थानमा बार्सिलोनासँगको अंक दूरी ५ मा छोट्याएको छ । दोस्रो स्थानमा रहेको रियलको १९ खेलबाट ४५ अंक पुगेको छ । समान खेलबाटै बार्सिलोनाको ५० अंक छ । पराजित भ्यालेन्सिया २० अंक जोडेर १४औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *