कर्णालीमा कुष्ठरोगका बिरामी घट्दो – Nepal Press

कर्णालीमा कुष्ठरोगका बिरामी घट्दो

सुर्खेत । कर्णाली प्रदेशमा कुष्ठरोग घट्दोको क्रममा रहेको छ । कर्णालीकाे स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा आर्थिक वर्ष २०७२/०७३ देखि २०७८/०७९ मा ६४४ नयाँ कुष्ठरोगी फेला परेकोमा हाल यो संख्या घटेर ८४ पुगेको छ ।

निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले प्रभावकारी र बहुउपयोगी औषधि र निःशुल्क उपचारका कारण कर्णालीमा कुष्ठरोग निवारणतर्फ उन्मुख भएको जानकारी दिए ।

नेपालमा २०६६ माघ ५ गते कुष्ठरोग निवारणको घोषणा भएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रति १० हजार जनसंख्यामा एकजनाभन्दा कम बिरामी फेला परेको खण्डमा कुष्ठरोग उन्मूलन भएको मानिन्छ ।

निर्देशनालयका अनुसार जिल्लागत तथ्यांकमा सबैभन्दा बढी सुर्खेतमा १५ जना कुष्ठरोगी उपचार गराइरहेका छन् । यस्तै दैलेखमा १२, सल्यानमा ११, रुकुम पश्चिम र जाजरकोटमा ११-११, जुम्लामा १० र कालिकोटमा ८ जनाले उपचार गराइरहेको केसीले बताए ।

उनका अनुसार हिमाली जिल्ला हुम्ला, डोल्पा र मुगुमा समान २-२ जना कुष्ठरोगी रहेका छन् । ‘कर्णालीमा कुष्ठरोग निवारणकै अवस्थामा छ’, सूचना अधिकारी केसीले भने, ‘कर्णालीमा जनस्वास्थ्य समस्याको रुपमा कुष्ठरोग छैन ।’

कुष्ठरोग दुई प्रकारको हुन्छ । कम कीटाणु भएको बिरामीले ६ महिना र बढी कीटाणु भएकाले १२ महिनासम्म औषधि सेवन गर्नुपर्छ । कसैले २४ महिनासम्म औषधि सेवन गर्नुपर्ने केसीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर