विनोद : जसले भोजपुरमा कांग्रेस मात्र जगाएनन्, इतिहास पनि रचे – Nepal Press

विनोद : जसले भोजपुरमा कांग्रेस मात्र जगाएनन्, इतिहास पनि रचे

काठमाडौं । कम्युनिष्टको गढ मानिएको भोजपुरमा ६४ वर्षपछि जितको झण्डा फहराएपछि कांग्रेसका विनोद बान्तवाले सदरमुकामको विजय सभामा भने- प्रजातन्त्रको पक्षमा सतिसालजस्तो उभिइरहने कांग्रेस दुर्भाग्यवस संसदमा पाइला टेक्न सकेको थिएन, इतिहास सुनौलो अक्षरले लेखियो ।

उनले आफूलाई चुनेर इतिहास रचाउन सहयोग गरेकोमा मतदातालाई आभार जनाए ।

बान्तवाले भने, ‘भोजपुरका चाङका चाङ समस्या समाधान गर्न लागि पर्छु । अँध्यारोतिरबाट उज्यालोमा डोर्‍याउँछु । मलाई र गठबन्धनलाई गरेको विश्वासको घात गर्ने छैन ।’

कांग्रेसको जिल्ला सभापति बनेको एक वर्षमै सदनमा डेब्यू गरेर बान्तवाले छलाङ मारेका छन् । एमालेका खड्गबहादुर कार्की ‘प्रेम’ लाई ७५१ मतले पछाडि पार्दै उनी विजयी भएका हुन् ।

अघिल्लो वर्ष मंसिर पहिलो साता भएको जिल्ला अधिवेशनमा जिल्लाको नेतृत्व सम्हालेसँगै बान्तवाले भोजपुर कांग्रेसमा ‘भाइभ्स’ ल्याएका थिए । उनी आफूमात्र आएनन् आफ्नो टीममा केही इनर्जेटिक युवा ल्याए । जसले यो चुनावी नतिजाको सफलतामा पनि बल पुग्यो ।

अघिल्लो वर्ष मंसिर पहिलो साता भएको जिल्ला अधिवेशनमा जिल्लाको नेतृत्व सम्हालेसँगै बान्तवाले भोजपुर कांग्रेसमा ‘भाइभ्स’ ल्याएका थिए । उनी आफूमात्र आएनन् आफ्नो टीममा केही इनर्जेटिक युवा ल्याए । जसले यो सफलतामा पनि बल पुग्यो ।

२०१५ को संसदीय चुनावयता यहाँ निरन्तर कम्युनिष्टले जित्दै आएको थियो । त्यसताका कांग्रेसले क्लिनस्वीप गरेको थियो । उक्त समयमा भोजपुर १९ बाट खड्गबहादुर कार्की, भोजपुर २० बाट भूदेव राई र भोजपुर २१ बाट देवानसिंह राई विजयी भएका थिए ।

२०४८, २०५१ र २०५६ को निर्वाचनमा ३ क्षेत्र रहेको यस जिल्ला पहिलो र दोस्रो संविधानसभामा दुई क्षेत्रमा बाँडियो । ७४ देखि यहाँ प्रतिनिधिसभाको १ र प्रदेशसभाको दुईवटा क्षेत्र छन् । अहिलेका सञ्चारमन्त्री भोजपुरबाट तीन पटकसम्म चुनाव हारेपछि आजित भएर सुनसरी झरेका थिए । एक त एमालेको वर्चश्व अर्कोतिर कांग्रेसले कांग्रेसलाई भोट नहाल्ने ठाउँ भोजपुरमा यसपटक गठबन्धनको बलमा कांग्रेसले सफलता हात पार्‍यो ।

को हुन् विनोद ?

टेम्केमैयुङ गाउँपालिकाका विनोदले विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरू गरेका हुन् । उनी नेविसंघ भोजपुरका संस्थापक सभापति हुन् । मिनभवन क्याम्पको स्ववियू सहसचिव भएका बान्तवा नेविसंघको केन्द्रीय सदस्य हुँदै  विश्वप्रकाश शर्मा नेतृत्वको कमिटीमा कोषाध्यक्ष बने । त्यसपछि पार्टी राजनीतिमा हात हाले ।

राई जिल्लाका भेट्रान नेतालाई चुनौती दिँदै अधिवेशनमा सभापति लडे । तीन पटक नेतृत्व हाँकिसकेका नन्दमणि राई ‘बाजे’ र एक कार्यकाल सभापति बनेका बालकृष्ण थापासँग भिड्न उनलाई त्यति सजिलो थिएन । तर, कार्यकर्ताले पुस्तान्तरण खोजे । त्यसको क्यास विनोदले गर्नसके । दोस्रो चरणमा नन्दमणिले बान्तवालाई समर्थन र युवाको साथले उनले सभापतिमा बाजी मारे ।

पुरानाको विकल्प खोजिरहेका उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष डम्बर श्रेष्ठलाई उपसभापतिमा अघि बढाउँदै, युवाहरू मिलन राई, विनम श्रेष्ठ, सफल किरात, दीपक जोशीलगायतको टीमले विनोदलाई साथ दियो ।

जिल्ला नेतृत्वमा पुस्तान्तरसँगै युवाहरूको पकड बनाएपछि अधिवेशनलगत्तै वडा-वडासम्म पार्टी ‘जगाउन’ हिँडे उनी ।

चुनावी समीक्षा

यसपटक गठबन्धनको सीट बाँडफाँटमा भोजपुरमा कांग्रेसको माग संघमा नेकपा एस, प्रदेशसभा क्षेत्र १ मा आफ्नो पार्टी र २ मा माओवादीलाई दिनुपर्ने रहेको थियो । तुलनात्मक हिसाबले प्रदेशसभा क्षेत्र १ मा जिल्ला हाँक्ने नेताहरू भएकाले नेता व्यवस्थापन हुने उसको स्वार्थ थियो । तर, भनेजसरी भागबण्डा भएन । प्रदेशसभा २ मा कांग्रेस, १ मा नेकपा एस र संघमा माओवादीले भाग पायो ।

सुरूमा तलदेखि माथिसम्म कांग्रेसका नेता-कार्यकर्ताको भागबण्डाप्रति असन्तुष्टि थियो । तरुण दलका नेता उत्तम चापागाईँले बागी उम्मेदवारीसमेत दिए । पछि चापागाईँले आफ्नो उम्मेदवारी फिर्ता लिए । मतदानको दिनसम्म आइपुग्दा विस्तारै ‘कुल’ देखियो । बल्लबल्ल जित्नका लागि आएको मौका गुमाउन नहुने निष्कर्षका साथ गठबन्धनमा इमान्दारिता देखाउनुपर्ने लाइनमा कांग्रेसी उभिए । फलस्वरूप अधिकांश ठाउँमा माओवादी र नेकपा एसलाई अफाप देखिएको तालमेल भोजपुरमा भने फापसिद्ध भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर