बेलायतका राजदूत आचार्यले एनआरएनए फुटाउन चलखेल गरेको भन्दै विरोध – Nepal Press

बेलायतका राजदूत आचार्यले एनआरएनए फुटाउन चलखेल गरेको भन्दै विरोध

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले संस्थालाई उपेक्षा गरेको भन्दै आपत्ति जनाएको छ ।

गत अगष्ट ६ मा बोलाइएको ११औं साधारणसभामा प्रमुख अतिथिको रूपमा निम्त्याइएका आचार्य पूर्वाग्रह राखेर अन्तिम समयमा नआएको भन्दै विवादस्पद भूमिकामाथि संघले प्रश्न उठाएको हो ।

कार्यक्रममा आउने वचन दिएर कार्यक्रमको अन्तिम समयमा संस्थाविरुद्ध गतिविधि गरिरहेका सीमित व्यक्तिको कुरा सुनेर उपस्थित नहुनु बेलायतस्थित समस्त नेपाली समुदायको भावनामा चोट पुगेको ठहर गर्दै उनको पक्षपातपूर्ण कार्यशैलीविरुद्ध नेपाल र बेलायत सरकारमा उजुरी गर्न लागिएको एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बताए ।

उक्त कार्यक्रममा राजदूत नआएपछि झण्डै तीन दर्जन संघसंस्थाले कार्यक्रमस्थलमै हस्ताक्षर गरी उनीप्रति खेद जनाएका थिए ।

‘उहाँले प्रमुख आतिथ्यता स्वीकारेपछि सोही अनुसार तयारी गरिएको थियो । बिहान ११ बजे सुरू गर्नुपर्ने कार्यक्रम उहाँकै आश्वासनमा झण्डै तीन घण्टा कुर्‍यौं । तर, अन्तिम समयमा आउन नसक्ने भन्नुभयो । राजदूतको यस कार्यले गैरआवासीय एनआरएनए मात्र हैन, सम्पूर्ण सामाजिक संघ संस्था तथा बेलायतबासी नेपालीको अपमान भएको छ’, गाहामगरले भने ।

यस विषयमा धारणा माग्दा दुई सातासम्म राजदूत आचार्यले बेवास्ता गरेको उनको भनाइ छ । राजदूत आचार्यले एनआरएनए फुटाउन चलखेल गरेको गाहामगरले आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *