माधव नेपालको गृह नगर पुगेर ओलीले गरे विभिन्न दलका नेतालाई एमालेमा स्वागत – Nepal Press

माधव नेपालको गृह नगर पुगेर ओलीले गरे विभिन्न दलका नेतालाई एमालेमा स्वागत

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली रौतहट पुगेर विभिन्न दलका प्रभावशाली नेताहरूलाई पार्टी प्रवेश गराएका छन् ।

सोमवार गौरमा आयोजित कार्यक्रममा गौर नगरपालिकाका निवर्तमान मेयर समेत रहेका लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव अजय गुप्ता एमालेमा प्रवेश गरेका छन् ।

उनीसँगै लोसपाका नेता तथा संविधानसभा सदस्य चन्दन साह पनि एमाले प्रवेश गरे । सोही कार्यक्रममा नेपाली कांग्रेस रौतहट जिल्ला कार्य समिति सचिव तथा प्रदेशसभा सदस्यका उम्मेदवार राजेश चौधरी, गढीमाई नगरपालिकाकी पूर्व उपमेयर सुभद्र गुप्ता लगायत कांग्रेस छाडेर एमाले प्रवेश गरेका थिए ।

नव प्रवेशीलाई अध्यक्ष ओली तथा एमाले नेता प्रभु साहले स्वागत गरेका थिए । नेकपा एसका अध्यक्ष माधव नेपालको क्षेत्रमा पुगेर ओलीले विभिन्न दलका प्रभावशाली नेतालाई एमालेमा प्रवेश गराएका हुन् । नेपाल सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर