बालुवाटारको एक भवनमा आगलागी
नेपाल प्रेस
२०७९ असार १५ गते ८:४६
काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक भवनमा आगलागी भएको छ । बालुवाटारमा रहेकाे सुनौलो परिवार कार्यालयको भवनमा आगलागी भएको हो ।
भवनमा बिहानैदेखि देखि आगलागी भएपनि के कारणले आगलागी भयो भन्ने खुलेको छैन ।
नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दमकल प्रयाेग गरेर आगो निभाउने प्रयास भइरहेको छ ।
नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकरकाे पानीले भवनमा लागेको आगो निभाउने प्रयास भइरहेकाे छ ।
आगलागीको कारण बालुवाटारबाट सवारी साधनलाई डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर