बालुवाटारको एक भवनमा आगलागी – Nepal Press

बालुवाटारको एक भवनमा आगलागी

काठमाडौं ।  काठमाडौंको बालुवाटारस्थित एक भवनमा आगलागी भएको छ । बालुवाटारमा रहेकाे सुनौलो परिवार कार्यालयको भवनमा आगलागी भएको हो ।

भवनमा बिहानैदेखि देखि आगलागी भएपनि के कारणले आगलागी भयो भन्ने खुलेको छैन ।

नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी र  स्थानीयले दमकल प्रयाेग गरेर आगो निभाउने प्रयास भइरहेको छ ।

नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकरकाे पानीले भवनमा लागेको आगो निभाउने प्रयास भइरहेकाे छ ।

आगलागीको कारण बालुवाटारबाट सवारी साधनलाई डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर