बर्दिया जिससमा कांग्रेसको क्लिनस्वीप – Nepal Press

बर्दिया जिससमा कांग्रेसको क्लिनस्वीप

बर्दिया । जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको छ । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सात सदस्य गरी नौ सदस्यीय पदका लागि भएको निर्वाचन प्रक्रिया अनुसारको उम्मेदवारी दर्तामा अन्य कुनै पनि दलको उम्मेदवारी दर्ता नपरेपछि नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्वाचित भएका छन् । उपप्रमुखमा अमिताकुमारी यादव निर्वाचित भएकी छन्। यसैगरी सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, बिमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर