सासू-बुहारी सम्बन्ध सुधार्ने उपल्लो मुस्ताङको रोचक संस्कृति – Nepal Press

सासू-बुहारी सम्बन्ध सुधार्ने उपल्लो मुस्ताङको रोचक संस्कृति

मुस्ताङ । नेपाली समाजमा अहिले पनि सासू र बुहारीको सम्बन्ध घनिष्ट छैन । सुगम बस्तीमा मात्रै होइन दुर्गम बस्तीमा समेत सासु र बुहारीबीच मनमुटावका घटनाहरु बाहिर आइरहेका हुन्छन् ।

हिमालपारिको जिल्ला मुस्ताङमा भने सासू र बुहारीबीचको सम्बन्धलाई सुधार्ने उद्देश्यले विभिन्न बस्तीहरुमा सांस्कृतिक कार्यक्रममार्फत जनचेतना फैलाउने अभियान सुरु गरिएको छ ।

गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले मुस्ताङका विभिन्न बस्तीहरुमा यहाँको परम्परागत सांस्कृतिक कार्यक्रममार्फत सासू र बुहारीको सम्बन्धमा सुधार्ने कार्यक्रम सुरु गरेका हुन् ।

मुस्ताङमा विगत लामो समयदेखि यहाँका स्थानीयबीच ‘नाङसा हैबे’ भन्ने सडक नाटक प्रख्यात छ । त्यस्तै ‘गए पुगिन्छ गन्तव्य’ भन्ने अर्काे सांस्कृतिक अभियान पनि यहाँ जारी रहेको छ ।

अहिले यही सांस्कृतिक कार्यक्रममार्फत सासूले बुहारीप्रति गर्नुपर्ने कर्तव्य र बुहारीले पनि सासूलाई गर्नुेपर्ने दायित्वलाई दुई÷तीन घण्टाको नाटकमार्फत जनचेतना फैलाउन सुरु गरिएको प्रदेश सांसद विष्टले जानकारी दिए । यो अभियानका लागि आफूले पूर्वाधार कोषमार्फत ६ लाख र यस क्षेत्रका अन्य सहयोगीमार्फत चन्दा संकलन गरेर कार्यक्रम गरिएको उनको भनाइ छ ।

मुस्ताङको घिलिङ, चराङ, लोमान्थाङ र जोमसोम गरी चार स्थानमा यस्तो चेतनामूलक कार्यक्रम गरिएको विष्टले जानकारी दिए । कार्यक्रममार्फत समाजमा सासू र बुहारीबीचको सम्बन्धमा सुधार आएको विष्टले दावी गरे ।

सासू र बुहारीबीचको सम्बन्धमा सुधार गर्न आफूहरुको परम्परागत संस्कृतिलाई समेत पुनर्जीवन दिएको स्थानीयको भनाइ छ । लोपोन्मुख संस्कृतिलाई पुनर्जीवन दिन लोमान्थाङ दरबार प्राङ्गणमा सांस्कृतिक कार्यक्रम गर्ने आयोजना गरिएको छ । चेतनामूलक सास्कृतिक कार्यक्रममा लोमान्थाङका सयाैं स्थानीयको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर