मौलापुरको कार्यपालिका सदस्यमा एमालेका आठै जना निर्विरोध – Nepal Press

मौलापुरको कार्यपालिका सदस्यमा एमालेका आठै जना निर्विरोध

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना उम्मेदवार निर्विरोध चयन भएका छन् । आठै जना उम्मेदवार नेकपा एमालेका हुन् ।

नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एमालेका आठ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि एमालेबाट महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकबाट उम्मेदवारी परेको थियो ।

मौलापुर नगरपालिका वडा नम्बर २ कि अनिता देवी राम, वडा नम्बर ४ कि शान्ति पासवान तथा बुधिया देवी, वडा नम्बर ६ कि प्रतिमा देवी र वडा नम्बर ९ कि आशा देवीको उम्मेदवारी परेको थियो भने दलित तथा अल्पसङ्ख्यकबाट वडा नम्बर १ का वैजनाथ साह कलवार, वडा नम्बर ६ का चन्देश्वर बैठा र वडा नम्बर ५ का सुनिल कुमार साह कानुले उम्मेदवारी दिएका थिए । सबै सदस्य सर्वसम्मत भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर