मौद्रिक नीति समीक्षाः सेयर कर्जा सीमा यथावत्, परिवर्तन के के भए ? (पूर्णपाठ) – Nepal Press

मौद्रिक नीति समीक्षाः सेयर कर्जा सीमा यथावत्, परिवर्तन के के भए ? (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमास समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले पहिलेकै व्यवस्थालाई निरन्तरता दिएको छ ।

सेयर कर्जा ४ करोडदेखि १२ करोडसम्मको सीमा हटाउन लगानीकर्ता र अर्थमन्त्रीले दबाब दिएपनि यथावत् नै छ ।

सेयर बजारको हितका लागि नै ४/१२ को सीमा लगाएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउने गरेका छन् । सेयर कर्जामा ठूला लगानीकर्ताको मात्रै प्रभुत्व रहेको भनेर त्यसलाई तोड्नका लागि यो व्यवस्था ल्याएका थिए ।

४/१२ सीमा, शतप्रतिशत मार्जिनमा खुकुलो र कर्जा खुकुलो हुने आसा सर्वसाधारणमा थियो । तर, सेयर कर्जा सीमा नीति, सतप्रतिशत मार्जिन यथावत रहेको छ ।

अहिले बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभावका साथै वैदेशिक व्यापार घाटा धेरै भएकाले विदेशी मुद्रा सञ्चिति घट्दो क्रममा रहेको छ ।

समीक्षामा वैदशिक व्यापार घाटा कम गर्न लघु, साना तथा मझौला उद्योग मार्फत उत्पादन वृद्धि गर्न वित्तीय साधनको प्रवाह बढाउन जोड दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर