पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान वडा सदस्यमा पराजित – Nepal Press

पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान वडा सदस्यमा पराजित

काठमाडौं । नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा पराजित भएका छन् ।

स्याङजाको वालिङ नगरपालिका–१ मा एमालेबाट खुल्ला सदस्यको उम्मेदवार बनेका पौडेल ४६७ मतले कांग्रेस उम्मेदवारसँग पछि परेका हुन् ।

विजयी उम्मेदवार कांग्रेसका सम्भव अर्यालले १ हजार १ सय १२ भोट ल्याएका थिए भने पौडेलले ६४५ भोट पाए । यस वडामा १८३४ भोट खसेको थियो । वालिङकाृ १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ भने ३ नम्बर वडा एमालेले जितेको छ ।

पराजित भएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै पौडेलले नतिजालाई स्वभाविक रुपमा लिने बताएका छन् । ‘चुनावमा गएपछि हारजित भइहाल्छ, जितेको अवस्थामा जनताकै काम गर्ने हो, हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो,’ उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर