जेठ ३ गतेका लागि संसद् अधिवेशन बोलाइयो – Nepal Press

जेठ ३ गतेका लागि संसद् अधिवेशन बोलाइयो

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन जेठ तीन गतेका लागि बोलाइएको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ तीन गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाएकी हुन् ।

जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट पेस गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

त्यसअघि हुने पूर्व बजेट छलफल, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका लागि संसद्को अधिवेशन बोलाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर