फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना उच्च छ : बाइडेन – Nepal Press

फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना उच्च छ : बाइडेन

किभ/अलजजिरा । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षीलाई आगामी फेब्रुअरीमा रुसले किभमाथि हमला गर्न सक्ने उच्च सम्भावना आफूले पाएको बताएका छन् ।

युक्रेन संकटलाई लिएर अमेरिकाले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउन आग्रह गरिरहेको बेला बाइडेनको यस्तो भनाई आएको ह्वाइट हाउसले जनाएको छ ।

युक्रेनलाई उत्तर एट्लान्टिक संगठन (नेटो)मा सहभागि हुन दिन नहुने रुसी मागलाई अस्वीकार गरेपछि आक्रमणको सम्भावना बढेको अमेरिकी भनाई छ । बिहीबार रुसले उक्त माग अमेरिकासामु राखेपनि वासिङ्टनले भने त्यसलाई अस्वीकार गरेको थियो ।

अमेरिकाले युक्रेन संकट समाधान हुनेमा ‘थोरै आशा’मात्र बाँकी रहेको जनाएको छ । रुसी अधिकारीहरुले संकट अन्त्यका लागि वार्ताको प्रयास भैरहेको बताएपनि बढ्दो चिन्ताका बीच रुसी राष्ट्रपतिले युक्रेनी भूभागमा आक्रमण गर्न आदेश दिने सम्भावना अमेरिकाले देखेको छ ।

बाइडेनले युक्रेनी राष्ट्रपति भ्लोदामिर जेलेन्स्कीसँगको टेलिफोन वार्तामा उक्त कुरा बताएको ह्वाइट हाउसले जनाएको छ । ‘फेब्रुअरीमा रुसले आक्रमण गर्न सक्ने सम्भावना प्रबल छ’ बाइडेन र जेलेन्स्कीको वार्तालाई लिएर अधिकारीहरुले भने, ‘हामीले सार्वजनिकरुपमै र एक महिना पहिले नै यस्तो सूचना भनेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर