आलियाको ‘गंगुबाई कठियावाडी’ शिवरात्रीमा रिलिज हुने, आउला ‘लप्पन छप्पन २’ ? – Nepal Press

आलियाको ‘गंगुबाई कठियावाडी’ शिवरात्रीमा रिलिज हुने, आउला ‘लप्पन छप्पन २’ ?

मुम्बई । नेपाली फिल्म निर्माताका लागि असहज खबर छ । आगामी शिवरात्री छेको अर्थात फागुन १३ गते सञ्जयलीला भन्सालीको निर्माण तथा निर्देशन रहेको ‘गंगुबाई कठियावाडी’ रिलिज हुने भएको छ ।

आलियाभाट स्टारर उक्त फिल्मसँग सोही मितिमा प्रदर्शनमा आउने नेपाली फिल्मले प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ । सो मितिमा यसअघि रिलिज डेट घोषणा गरेको ‘प्रेमगीत ३’ ले प्रदर्शन स्थगित गरिसकेको अवस्था छ ।

‘प्रेमगीत ३’ नआउँदा ‘लप्पन छप्पन २’ रिलिज हुने अनुमान गरिएपनि यसको औपचारिक मिति घोषणा भएको छैन ।

‘गंगुबाइ कठियावाडी’ यसअघि कोरोनाको दोस्रो लहरको बेला जनवरी ६ मा आउने तयारीमा थियो । त्यसको एकदिनपछि आरआरआर आउने भएपछि पुनः सरेर फेब्रुअरी १८ मा पुगेको थियो । तर, त्यसको एकसातापछि २५ मा आउन लागेको हो ।

भन्साली निर्देशित फिल्ममा आलियासहित अजय देवगणको मुख्य भूमिका छ । भारतीय स्वतन्त्रताअघि कठियावाडीमा यौन व्यवसाय गर्ने महिलाको कथा यसले भन्छ ।

भन्सालीको फिल्म गंगुबाई आउने भएपछि रिलिज तयारीमा रहेको ‘लप्पन छप्पन २’ आउने वा नआउने निश्चित छैन । यसअघि सरकारले हल खोलेमा उक्त फिल्म शिवरात्रीमा आउने दावी निर्देशक मुकुन्द भटट्ले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *