कर्णालीका महाधिवेशन प्रतिनिधि शाहीको आरोप- कर्णालीका अधिवेशनमा सत्ताको दुरुपयोग भयो – Nepal Press

कर्णालीका महाधिवेशन प्रतिनिधि शाहीको आरोप- कर्णालीका अधिवेशनमा सत्ताको दुरुपयोग भयो

सुर्खेत । कांग्रेस संस्थापन पक्षले महाधिवेशन प्रतिनिधि नबनाउने छाँटपछि गुट फेरेका दैलेख आठबीस नगरपालिकाका प्रेमप्रकाश शाहीले दैलेखबाट प्रतिनिधिमा दोस्रो लोकप्रिय मत पनि पाए ।

प्रदेश अधिवेशनमा सदस्यको उम्मेदवार बनेका र उनी पराजित बने । मंसिर २४-२६ मा काठमाडौंमा हुने महाधिवेशनमा प्रतिनिधिका रूपमा जान लागेका शाहीले अधिवेशनमा सत्ताको दुरुपयोग भएको टिप्पणी गरेका छन् । ‘कर्णाली प्रदेशका अधिकांश अधिवेशनमा सत्ता र शक्तिको चरम दुरुपयोग भयो । निष्ठावान कार्यकर्तालाई हराउने काम भयो । अब काठमाडौं गएर हामी निष्ठावान, इमान्दार, सत्ता र शक्तिको दुरुपयोग नगर्ने नेतृत्व चयन गर्छौं ।’

आफू चुनावी मैदानमा भएको बेला मतदाताको विवेकलाई बन्धक राखिएको उनको गुनासो छ ।

‘दादागिरी शैलीमा, राजनीतिमा जसरी पनि संस्थापन पक्षले मात्रै जित्नुपर्ने खालको माहौल बनाइयो । यो भनेको निष्ठावान कार्यकर्ता भन्दा पनि गुटका व्यक्तिलाई ल्याउने योजना हो । त्यसका लागि कर्णालीमा सत्ताको दुरुपयोग भएको हो । त्यस्तो हुनु लोकतन्त्रका लागि दु:खद हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर