माधव नेपाल भन्छन् : हाम्रो पार्टी सरकारमा सहभागी हुनेछ, यो देश हाँक्नेछ (भिडिओ) – Nepal Press

माधव नेपाल भन्छन् : हाम्रो पार्टी सरकारमा सहभागी हुनेछ, यो देश हाँक्नेछ (भिडिओ)

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताएका छन्। शनिबार मकवानपुरमा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

‘नेकपा (एकीकृत समाजवादी) पनि यो सरकारमा सहभागी हुनेछ, यो देश हाक्नेछ,’ उनले भने, ‘यो देशलाई परिवर्तनको दिशामा अगाडी बढाउने छ । हाम्रो चिन्ता लोकतन्त्रलाई जोगाउने हो । जनताको सेवा गर्ने हो । देशको इजजत र प्रतिष्ठा बचाउने हो ।’

गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने उनको भनाइ छ। ‘सहकार्यको संस्कृति विकास गर्नुपर्नेछ । प्रदेशमा पनि सामुहिक रुपमा सरकार चलाउन चाहान्छौँ । राम्रो मान्छेलाई प्रोत्साहित गर्न चाहान्छौँ । योग्यता क्षमता भएको मान्छेलाई हुर्काउन चाहान्छौँ,’ नेपालले भने।

एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुद रहेको पनि उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर