महेश बस्नेतको टिप्पणी– प्रचण्ड भित्ते राष्ट्रपतिबाट सडकछाप प्रधानमन्त्रीमा झरे – Nepal Press

महेश बस्नेतको टिप्पणी– प्रचण्ड भित्ते राष्ट्रपतिबाट सडकछाप प्रधानमन्त्रीमा झरे

‘चुनावपछि माधव नेपाल राष्ट्रियसभामा मनोनित हुन निवेदन बोकेर आउनेछन्’

काठमाडौं । विभाजित नेकपाका नेता महेश बस्नेतले आगामी निर्वाचनपछि प्रचण्ड–माधव नेपाल र झलनाथ खनालहरु मन्त्रिपरिषदबाट राष्ट्रियसभामा मनोनित हुन पाउँ भन्दै केपी ओली समक्ष निवेदन बोकेर आउने दावी गरेका छन् ।

युवा संघको राष्ट्रिय भेलालाई काठमाडौंको प्रज्ञा भवनमा सम्बोधन गर्दै युवा संघ इन्चार्ज समेत रहेका बस्नेतले प्रचण्डको लागि अब चुनाव लड्ने निर्वाचन क्षेत्र समेत नहुने बताए । उनले माधव नेपाल रौतहटबाट लखेटिएको र काठमाडौंमा कुनै चान्स नभएको टिप्पणी गरे ।

बस्नेतले भने–प्रचण्डलाई अब चुनाव जित्ने आँट छैन त्यसैले चुनावको विरोध गर्दैछन् । रोल्पामा,काठमाडौंमा चान्स छैन । सिराहामा लिलानाथ श्रेष्ठको भोट लुटेको हामीले बिर्सेका छैनौं । रुकुममा यदु गौतमको घाँटी रेटेको हामी बिर्सदैनौं । अब चुनावपछि उहाँहरु राष्ट्रियसभामा मनोनित हुन पाउँ र प्रधानमन्त्री बन्न संविधान संशोधन गरिपाउँ भन्दै निवेदन बोकेर आउनुहुनेछ ।

बस्नेतले प्रचण्ड भित्ते राष्ट्रपतिबाट सडकछाप प्रधानमन्त्री बन्न पुगेको आरोप लगाए । पहिले राष्ट्रपति भनेर चुनाव लड्दा भित्ताको पोस्टरमा सिमित भएको भन्दै उनले प्रधानमन्त्री बन्न पार्टी फुटाउँदा अब सडकमा पुगेको बताए ।
बस्नेतले भने–कमरेड केपी ओलीले म दोहोरिएर अब प्रधानमन्त्री हुन्न भन्नुभएकै थियो ।

अध्यक्ष पनि हुन्न भनेकै हो । प्रचण्डलाई पार्टीमा ल्याएर राखेकै हो । तर कुकुरलाई घिउ पचेन,अब भित्ते राष्ट्रपतिबाट सडकछाप प्रधानमन्त्रीमा सिमित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर