विश्वकप खेल्न जाने राष्ट्रिय क्रिकेट टीमको बिदाइ कार्यक्रममा सन्दीप पनि उपस्थित (तस्बिरहरु) – Nepal Press

विश्वकप खेल्न जाने राष्ट्रिय क्रिकेट टीमको बिदाइ कार्यक्रममा सन्दीप पनि उपस्थित (तस्बिरहरु)

प्रशिक्षक देसाइ र पारससँग अंकमाल, वेस्ट इन्डिजका खेलाडीहरुसँग हात मिलाए

काठमाडौं । टी–२० विश्वकप खेल्ने नेपालको स्क्वाडमा स्टार स्पिनर सन्दिप लामिछाने छैनन् । तर, आज खेलाडीहरुको विदाइ कार्यक्रममा उनी उपस्थित भए ।

नेपाली क्रिकेट टीम भोलि अमेरिका प्रस्थान गर्दैछ । टीमको बिदाइका लागि सोल्टी होटलमा क्यानले कार्यक्रम आयोजना गरेको कार्यक्रममा सन्दीप उपस्थित भएका हुन् । सन्दीपले कार्यक्रमस्थलमा आएर क्यानका सचिव पारस खड्कासँग अंकमाल गरेका थिए । यसैगरि नेपाली टीमका प्रशिक्षक माेन्टी देसाइ र केही खेलाडीहरुले पनि सन्दीपलाई अंकमाल गरे । सन्दीपले वेस्ट इन्डिजका खेलाडीहरुसँग हात मिलाए ।

कार्यक्रमस्थलमा सन्दीपकाे उपस्थिति हुँदा धेरै खेलाडीहरु सर्प्राइज्ड बनेका थिए । उनीहरुकाे अनुहारमा खुशी छाएकाे थियाे । सेताे टीसर्ट र कालाे चस्मा लगाएका सन्दीप पनि लामाे समयपछि टीमसँग घुलमिल हुन पाउँदा प्रफुल्लित देखिए ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्दीप अहिले नेपालको स्क्वाडमा छैनन् । जिल्ला अदालतले सुनाएको फैसलाविरुद्धले उनले गरेको पुनरावेदन उच्च अदालतमा थाँती रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर