परीक्षा दिएर फर्किरहेकी छात्रामाथि दमकमा गोली प्रहार, अवस्था गम्भीर – Nepal Press

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि दमकमा गोली प्रहार, अवस्था गम्भीर

विराटनगर । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् । अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा एलिनालाई बाटो ढुकेर गोली हानेको प्रहरीले जनाएको छ । उनलाई दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि गोली हानिएको हो । गोली हान्नुको कारण र गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

2 thoughts on “परीक्षा दिएर फर्किरहेकी छात्रामाथि दमकमा गोली प्रहार, अवस्था गम्भीर

  1. नेपाल का स्कुल कलेज का बिद्यार्थी समेत गोलि को शिकार बन्ने इस्थिती ले नेपाल को
    सुरक्षा प्रणाली माथि को चुनौती साथै वर्तमान गृह प्रशासन प्रति प्रश्न चिन्न खडा हुनू हो दोषी माथि कडा कारबाही होस सुरक्षा संयन्त्र चुस्त दुरुस्त पार्न वर्तमान सरकार लाई हार्दीक अपिल गर्द छु।

  2. विद्यार्थी नै असुरक्षित मुलुक को सुरक्षा व्यवस्था कति नाजुक छ गोलि प्रहार गर्ने अपराधी लाई यति समय बितिसक्दा पनि पक्राउ परेको खबर सुन्न मा न आएको ले नेपाल प्रहरी अनुसन्धान ब्युरो चनाखो हुन अनुरोध गर्दछु साथै गृह प्रशाशन अति नै शंबेदनशील हुनू पर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *