अघिल्लो संस्करण खेलेका १२ खेलाडीले अस्ट्रेलियाको विश्वकप टोलीमा ठाउँ बनाए – Nepal Press

अघिल्लो संस्करण खेलेका १२ खेलाडीले अस्ट्रेलियाको विश्वकप टोलीमा ठाउँ बनाए

मेलबर्न। अस्ट्रेलियाले आसन्न आईसीसी टी-२० विश्वकपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

२ वर्षअघि आयोजित संस्करण खेलेका १२ खेलाडीले आगामी विश्वकपमा स्थान बनाएका छन् ।

एरोन फिन्च, स्टिभन स्मिथ र केन रिचार्डसनको स्थानमा ट्राभिस हेड, जोस इङ्लिस र नाथन एलिसले १५ सदस्यीय टोलीमा ठाउँ बनाएका छन् ।

डेभिड वार्नर, मिचेल मार्स, म्याथ्य वेड, टिम डेभिड, मार्कस स्टोइनिस, क्यामरुन ग्रिन र ग्लेन म्याक्सवेल टिममा छन् ।

यस्तै एस्टन एगर, एडम जाम्पा, जोस हेजलउड र मिचेल स्टार्कले पनि टोलीमा ठाउँ बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *