आफैँ चढेको ट्याक्टरले किचेर एकजनाको मृत्यु – Nepal Press

आफैँ चढेको ट्याक्टरले किचेर एकजनाको मृत्यु

हेटाैंडा । मकवानपुरको कैलाश गाउँपलिकामा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नं १० पुरानो गाउँका ३५ वर्षीय प्रदिप वाईवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आफैँ चढेको ट्याक्टरबाट खसेका वाईवालाई ट्याक्टरको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर