प्रभावशाली जितसँगै सिटी पहिलो स्थानमा – Nepal Press

प्रभावशाली जितसँगै सिटी पहिलो स्थानमा

काठमाडौं। म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा प्रभावशाली जित निकाल्दै तालिकाको पहिलो स्थानमा उक्लिएको छ । लुटन टाउनविरुद्ध ५–१ को जितपछि सिटी लिग तालिकाको पहिलो स्थानमा पुगेको हो ।

खेलको दोश्रो मिनेटमै आत्मघाती गोलबाट अग्रता लिएको सिटीले त्यसपछिको गोल भने दोश्रो हाफको ६५ औं मिनेटबाट मात्र गर्न सफल भयो ।
कोभाएले ६५ औं मिनेटमा गोल गर्दै सिटिको अग्रता दोब्बर बनाए ।

हालान्डले ७६ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि सिटीले अग्रता ३–० बनायो । तर ८७ औं मिनेटमा जेर्मी र इन्ज्युरी समयमा ग्राभाडिओलले गोल गर्दै सिटीलाई ५-१ को जित दिलाए ।

जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ । सिटीले ३२ खेलबाट ७३ अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनल र लिभरपुलको समान ७१ अंक छ । लुटन २५ अंकसहित १८ औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *