पूर्वराजालाई ओलीको सुझाव- संविधानको दायराभित्र आउनुस्, देशले एउटा परिवारलाई थपना गर्दैन (भिडिओ) – Nepal Press

पूर्वराजालाई ओलीको सुझाव- संविधानको दायराभित्र आउनुस्, देशले एउटा परिवारलाई थपना गर्दैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरेर अब फेरि एउटा परिवारलाई देशले थपना गर्न नसक्ने बताएका छन् ।

बूढानिलकण्ठ नगर अस्पताल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संविधानको दायराभित्र आएर आफ्नो माग राख्न सुझाव दिए ।

यस्तो छ उनको भनाइः

नेपालमा केही भएको छैन होइन, भइरहेका छन् । यो तीन बर्ष अर्थतन्त्र ओरालो लाग्यो । राजनीति अस्थिर भयो, असभ्यता बढ्यो समाजमा। अराजतकता बढ्यो, के बोल्ने ? के गर्ने नगर्ने ? जस्ता कुरा भएनन् । अहिले पनि केही मान्छेहरु उत्ताउला पन देखिँदैछन् । त्यस्ता राजनीतिक व्यक्ति र समूहलाई आग्रह गर्छु, संविधानको दायराभित्र आउनुस्, संवैधानिक र शान्तिपूर्ण दायराभित्र आउनुस् र त्यसभित्र रहेर आफ्नो माग गर्नुस् ।

अहिले संवैधानिक बाटोबाट कुनै पनि माग पूरा गर्न लोकतान्त्रिक विधिबाट माग पूरा गर्न कतै प्रतिबन्धित छैन । निरंकुशता र राजतन्त्र भएको बेलामा राजतन्त्रले प्रतिगमन गर्थ्यो । जनताका अधिकार पटक पटक खोस्थ्यो ।

अहिले जनताको अधिकार खोसिँदैन । खोस्न मिल्दैन, यो राजतन्त्र भएको समय होइन, गणतन्त्रको समय हो । त्यसकारण यहाँ जनता र नागरिकका अधिकार सुरक्षित छन्, ती अधिकारको प्रयोग संविधानभित्र गरेर अगाडि बढ्न पाइन्छ ।

संविधान, परिवर्तन र जनताको सर्वोच्चता नै नमान्ने र मलाई एउटा माली चाहियो भनेर कुद्ने, त्यो माली थपना घरमा गर्दै गर, देशले माली व्यक्तिलाई थपना गर्दैन, एउटा परिवारलाई थपना गर्दैन ।

देशले जनतामा रहेको सार्वभौम सत्तालाई मात्रै मान्छ । र, सबै कुरा माग्न पाइन्छ । त्यो पनि संविधान भित्रबाट मात्रै । संविधानले परिवर्तनको सम्भावनाहरुलाई इन्कार गरेको छैन । पञ्चायतकालमा दिएको थिएन, एकछिन बोल्यो भने मुद्दा लगाइदिन्थे । मुद्दा लगाउने मात्रै होइन मान्छेलाई गोली हानेर मार्थे। जेलबाट निकालेर ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर