प्रधानमन्त्रीलाई प्रकाशमानको प्रश्न- गृहमन्त्रीलाई निर्दोष भन्नु कन्फ्लिक्ट अफ ईन्ट्रेस्ट नभए के हो ? – Nepal Press

प्रधानमन्त्रीलाई प्रकाशमानको प्रश्न- गृहमन्त्रीलाई निर्दोष भन्नु कन्फ्लिक्ट अफ ईन्ट्रेस्ट नभए के हो ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले नै सर्वोच्च अदालतले दिने जसरी फैसला सुनाउनु अनि गृहमन्त्रीको अगाडि आईजीपीलाई राखेर उनी निर्दाेष भन्न लगाउनु कन्फ्लिक्ट अफ ईन्ट्रेस्ट नभए के हो भनी प्रश्न गरेका छन् ।

उनले बुधबार बुद्धनगरमा आयोजित एक कार्यक्रममा त्यस्तो बताएका हुन् । त्यस्तै, कांग्रेसलाई राम्रोसित संसदीय अभ्यास थाहा छ भएको बताए । उनले सहकारी प्रकरणमा कांग्रेस प्रष्ट भएको त्यही भएर संसद अवरोध जारी रहने पनि उनले बताए ।

नेता सिंहले सहकारी संस्थाको रकम अपचलनको विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठेकाले उनले राजीनामा दिनुपर्ने बताए । उनले राजनीनामा दिएपछि संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।

बजेट निर्माणको क्रममा विवादमा मुछिएका पूर्वअर्थमन्त्री जनार्दन शर्माले पनि पदबाट राजीनामा दिएको र संसदीय छानबिन समितिले सफाइ पाएपछि पदमा फर्किएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नु उनले रविलाई पनि राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिए ।

‘सहकारीको रकम अपचलनको विषयमा जोमाथि शंका भइरहेको छ, उही हाकिम भएर बस्न मिल्छ र ?’, सिंहले भने, ‘शंका उठिसकेकाले छानबिन गर्नुपर्यो नि त ।’ कांग्रेस लाई अरु पाटिले संसदीय पाठ नसिकाउन समेत चेतावनी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर