भक्तपुरमा जारी ब्याडमिन्टन प्रतियोगीतामा आयुष र स्वर्लिनलाई एकल उपाधि – Nepal Press

भक्तपुरमा जारी ब्याडमिन्टन प्रतियोगीतामा आयुष र स्वर्लिनलाई एकल उपाधि

काठमाडौं । अन्तराष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजनामा भक्तपुरमा जारी दोस्रो भक्तपुर जिल्ला अन्तरवडा ब्याडमिन्टन प्रतियोगीताको पुरुष एकल तर्फको उपाधि सुर्यविनायक नगरपालिका–३ का रमेश बस्नेत र दिपक खत्रीले जितेका छन् ।

पुरुष युगल तर्फको प्रतिस्पर्धामा सूर्यविनायक ३ का रमेश बस्नेत र दीपक खत्रीको जोडीले मध्यपुर ७ का भिमराज कार्की र साजन न्यौपानेको जोडीलाई २१–१७, २१–११ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।

पुरुष एकल तर्फ सूर्यविनायक नगरपालिका ८ का आयुष प्रजापती र मध्यपुर नगरपालिका २ की स्वर्लिन श्रेष्ठले उपाधि चुमेका छन् । प्रतियोगिताको फाईनलमा आयुषले मध्यपुर ९ का संयोग बस्नेतलाई २१–८, २५–२३ ले र स्वर्लिनले मध्यपुर ४ की कृषा श्रेष्ठलाई २१–९, २१–११ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।

ब्वाईज यु –१५ तर्फ मध्यपुर ७ का सक्षम कार्कीले सूर्यविनायक ५ का अक्षत ढुङ्गेललाई २१–१५, २१–१२ ले पराजित गर्दै उपाधी उचाले ।

मास्टर्स ४५ वर्ष माथिको जोडीमा मध्यपुर ८ का हरि धेके र पुर्णहरि होनाको जोडीले सूर्यविनायक ८ का डेन लामा र राकेश थापा मगरको जोडीलाई २१–१८, २१–१३ ले पन्छाउँदै उपाधिमा आफ्नो नाम लेखाए ।

विजयी खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ नगद २० हजार, १० हजार र ५/५ हजार प्राप्त गरे । बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य दुर्लभ थापा,प्रदेश सदस्य सन्तोष परियार, भक्तपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्र प्रजापती लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगीतामा विभिन्न स्पर्धामा एक सय बढी खेलाडीहरुले सहभागीता जनाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *