पूर्वसभामुख सापकोटाको टिप्पणी- देशमा अराजकता कस्तो छ भन्ने सांसदहरूकै शब्द चयनबाट देखिन्छ (भिडिओ) – Nepal Press

पूर्वसभामुख सापकोटाको टिप्पणी- देशमा अराजकता कस्तो छ भन्ने सांसदहरूकै शब्द चयनबाट देखिन्छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद बैठकमा सांसदले गरेको शब्द चयनप्रति असन्तुष्टि जनाएका छन् । पूर्वसभामुखसमेत रहेका सापकोटाले संस्करण-सङ्ग्रह ‘वन्द पर्खाल’ को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै देश अराजकतातिर गइरहेको बताए ।

उनले भने, ‘विचारको शून्यताले गर्दा आज हाम्रो देश पूरै अराजकतातिर जाँदैछ । सुशासन र लोकतन्त्रको शक्तिशाली सन्देश दिनुपर्ने संघीय सांसदका शब्द चयन र वाक्यहरु कस्ता छन् ? मैले दोहोर्‍याउन पर्दैन । हरेक देशका सांसदहरु नै लोकतन्त्रका आत्मा हुन् । तर, त्यहाँ अहिले कस्तो खालको अराजकता छ ?’

उनले अहिले सिंगो राज्य रुपान्तरणका लागि आन्दोलनको रुपान्तरण र शुद्धीकरण जरुरी रहेको बताए ।

पूर्वसभामुख सापकोटाले भने, ‘रुपान्तरणको प्रक्रियामा जाँदा हामीले विचारलाई अघि बढाउनुपर्छ । अहिले हाम्रो मुख्य चार कार्यभार छन्, वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक पुनर्गठन । विचारअनुसारकै राजनीतिक दिशा हुन्छ । जनताको विश्वास जित्दै हिजो असाधारण युद्धमा सामेल भएकाहरु एकजुट हुन सकियो भने हामीलाई कसैले रोक्न सक्दैन । हामीले फेरि अर्को चमत्कार गर्नसक्छौं । त्यसको लागि एकताबद्ध हुनु हाम्रो अर्को कार्यभार हो ।’

उनले एकताबद्ध भएर समाजवादको विचारधारा तयार पार्न आजैदेखि लाग्न आग्रह गरे ।


प्रतिक्रिया

One thought on “पूर्वसभामुख सापकोटाको टिप्पणी- देशमा अराजकता कस्तो छ भन्ने सांसदहरूकै शब्द चयनबाट देखिन्छ (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर