म्यानमारबाट पनि बाहिरियो आजियाटा कम्पनी – Nepal Press

म्यानमारबाट पनि बाहिरियो आजियाटा कम्पनी

काठमाडौं । मलेसियाको टेलिकम अपरेटर कम्पनी आजियाटा ग्रुपले म्यानमारको टेलिकममा रहेको लगानी बेचेर बाहिरिने घोषणा गरेको छ ।

आजियाटाले ‘एडोटको म्यानमार’मा रहेको १५० मिलियन डलरमा सम्पूर्ण टेलको टावरको स्वामित्व बेचेर बाहिरिने घोषणा गरेको‘द विजनेशन टाइम्स’ ले उल्लेख गरेको छ ।

हाल गृहयुद्धकोबीचमा रहेको म्यानमारबाट आजियाटाले आफ्नो ८७.५ प्रतिशत सेयर बेचेर बाहिरिन लागेको उल्लेख गरिएको छ । तर, उक्त सेयर खरिदकर्ताको नाम भने खुलाइएको छैन ।

आजियाटाले म्यानमारको बिग्रिँदो अर्थतन्त्र सञ्चालनको अप्ठ्यारोका कारण म्यानमार छोड्न लागेको उल्लेख गरेको छ ।

सन् २०१५ मा आजियाटाको एडोटको समूहले म्यानमार टावर कम्पनीमा हिस्सेदारी लिँदै म्यानमारमा प्रवेश गरेको थियो । त्यतिबेला म्यानमार इन्टरप्राइजको मूल्य २२१ मिलियन अमेरिकी डलर रहेको थियो ।

आजियाटाले आजभन्दा ९ वर्षअघि २२१ मिलियन डलर मूल्य रहेको सबै अप्रेसनहरू १५० मिलियन डलरमा बेचेर बाहिरिन लागेको हो । यसका साथै गत सन् २०२२ मा पनि कतारी टेलिकम समूह ‘ओरेडू’ ले म्यानमारको व्यवसाय बेचेर बाहिरिएको थियो ।

सन् २०२१ मा भएको सैन्य विद्रोहले म्यानमारलाई राजनीतिक र मानवीय सङ्कटमा डुबाएको छ । जसको प्रभाव म्यानमारको अर्थतन्त्रमा पनि देखिन लागेको छ ।

करिब ६ महिनाअघि आजियाटाले नेपालको एनसेल कम्पनीमा भएको सेयर विक्री गरेर बाहिरिएको थियो ।

कम्पनीले नेपाली अपरेटर एनसेलको ८० प्रतिशत शेयर स्थानीय साझेदारको बेलायती कम्पनीलाई बेचेर बाहिरिने घोषणा गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर