आर्थिक विश्वव्यापीकरण र पार्श्व प्रभाव – Nepal Press

आर्थिक विश्वव्यापीकरण र पार्श्व प्रभाव

‘नयाँ जगमा पृथ्वी उठ्नेछ,
संसार हाम्रो हुनेछ
……….
अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’

यही हो युजे पोत्तरले सन् १८७१ मा लेखेको कम्युनिष्ट अन्तर्राष्ट्रिय गीतको सार । त्यस्तै अंग्रेज रक संगीतकार जोन लेननले गाएको ‘इम्याजिन’ बोलको गीत (सन् १९७१) मा विश्वभरिका मान्छेकोे एउटै सीमारेखाविहीन साझा विश्वको परिकल्पना गरिएको छ । राष्ट्रियता र धर्मको नाममा विभाजित नभएको अभौतिक संसारको परिकल्पना गरिएको छ । यो गीत २०औं शताब्दीका सय सर्वाधिक लोकप्रिय गीतमध्येको एक हो । विश्वव्यापी रुपमा अहिले भइरहेको बढ्दो आप्रवासन (माइग्रेसन) हेर्दा लाग्छ, मान्छेको अन्तर्राष्ट्रिय जाति हुनेछ भन्ने दृष्टिकोण आधुनिक वैश्विकरणको वर्तमान युगमा प्रस्टसँग मुखरित भएको छ ।

विश्वव्यापीकरण व्यक्ति, कम्पनी र सरकारहरुबीचको अन्तरक्रिया र एकीकरणको प्रक्रिया हो । विश्वव्यापीकरणलाई अर्को शब्दमा भूमण्डलीकरण पनि भन्ने गरिन्छ । यसलाई एउटा जटिल र बहुपक्षीय घटनाका रुपमा पूँजीवादको विस्तारको रुपमा पनि लिने गरिन्छ । यसले स्थानीय र राष्ट्रिय अर्थतन्त्रहरुको एक वैश्विक, अनियमित बजार अर्थ व्यवस्थामा एकीकरण गर्छ । बढ्दो विश्व अन्तरक्रियासँग अन्तर्राष्ट्रिय व्यापार, विचार र संस्कृतिको विकास भैरहेको छ । खास गरेर आर्थिक भूमण्डलीकरण अन्तरक्रिया र एकीकरणको आर्थिक प्रक्रिया हो । जुन सामाजिक र सांस्कृतिक पक्षहरुसँग सम्बन्धित हुन्छ । यद्यपि द्वन्द्व र कूटनीति पनि भूमण्डलीकरणको इतिहास र आधुनिक भूमण्डलीकरणका ठूलो हिस्सा हुन् ।

वास्तवमा आधुनिक विश्वमा राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक र सांस्कृतिकलगायतका सबै विषयमा साझा मूल्य मान्यता र प्रक्रियाको स्थापना गर्ने अभियान हो विश्वव्यापीकरण । यसले देशहरुबीच वस्तु, सेवा, पूँजी, प्रविधि, सूचना र मानिसहरुको सीमाविहीन रुपमा स्वतन्त्र प्रवाहलाई मान्यता दिन्छ । विश्व बैंकले यसका मुख्य तीन खम्बाको रुपमा व्यापार, वित्तीय प्रवाह र सूचना प्रविधिलाई लिएको छ । यसले विश्व एक गाउँ हो भन्ने मान्यताका साथ सीमाविहीन समुदायको निर्माणलाई प्रश्रय दिन्छ । सन् १९५५ मा संयुक्त राष्ट्रसंघमा आवद्ध भएसँगै नेपालले विश्वव्यापीकरणको मान्यता अवलम्बन गरेको मान्न सकिन्छ ।

बढ्दो विश्व अन्तरक्रियासँग अन्तर्राष्ट्रिय व्यापार, विचार र संस्कृतिको विकास भैरहेको छ । खास गरेर आर्थिक भूमण्डलीकरण अन्तरक्रिया र एकीकरणको आर्थिक प्रक्रिया हो । जुन सामाजिक र सांस्कृतिक पक्षहरुसँग सम्बन्धित हुन्छ ।

अहिले विश्वभरका समाज र अर्थतन्त्र एकीकृत हुँदै गइरहेका छन् । यो एकीकरणको प्रमुख कारण हो- वाष्प इञ्जिनको आविष्कारसँगै तीव्र रुपमा विकास भैरहेको यातायात प्रणाली, घट्दो यातायात खर्च, न्यून व्यवसायिक अवरोध, सूचना, सञ्चार र प्रविधिमा भैरहेको अभूतपूर्व विकास, विचारको तीव्र सञ्चार, बढ्दो पूँजी प्रवाह र बसाइसराइ (आप्रवासन)को बढ्दो चाप । बढ्दो असमानता, शक्तिको फेरबदल र सांस्कृतिक एकरुपता विश्वव्यापीकरण वा एकीकरणले सिर्जना गरेका चिन्ता, चासो र सरोकारहरु हुन् । यीमध्ये केही चासोहरु महत्वपूर्ण छन् । यिनले विश्वव्यापी अवसर र चुनौती/जोखिम दुइटै सिर्जना गरिरहेका छन् । यी कुराको सम्बोधन र समाधान गर्न विश्व दृष्टिकोण र वैश्विक नीति चाहिन्छ ।

विश्वव्यापीकरण गरिबी निवारण गर्ने शक्तिशाली बल साबित भएकोे कुरा विभिन्न तथ्य र अनुसन्धानले प्रमाणित गरेका छन् । खास गरेर आर्थिक विश्वव्यापीकरण अझ बढी प्रभावकारी हुनसक्छ । विश्वव्यापीकरणले गर्दा अझै धेरै एकीकृत अर्थतन्त्र छिटो वृद्धि हुनसक्ने भएकाले सामान्यतया गरिबी घट्छ र यस्तो वृद्धिको फैलावट विश्वव्यापी हुन्छ । खास गरेर नेपाल जस्ता न्यून आय भएका देशले आफ्ना वस्तु तथा सेवा विश्व बजारमा लैजान सक्छ । गत आर्थिक वर्षमा मात्रै नेपालले करिब ९० करोड डलर बराबरको सफ्टवेयर निर्यात गर्‍यो । १५ अर्ब २४ करोड बराबरको विद्युत निर्यात गर्‍यो । वैश्विक दृष्टिबाट हेर्दा नेपाल सानो गरिब राष्ट्रमात्रै होइन, १०० बिलियन (खर्ब) डलर बराबरको सम्भावना बोकेको अर्थतन्त्र हो । विश्वका ठूला औद्योगिक शहर वा देशमा राम्रो जागिरको अवसर पाएर ग्रामीण गरिबीको चपेटाबाट उन्मुक्ति पाउन सक्छ भन्ने कुरा वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सको प्रभाव हेर्न सकिन्छ ।

मानिसहरुको व्यवस्थित र संरचनागत स्थानान्तरणले उत्पादकत्व त वृद्धि गर्छ । तर, उस्तैखाले सीप भएका कामदारहरु (किसान, औद्योगिक मजदुर, फर्मासिस्ट)ले विकास गरेको अर्थतन्त्रको तुलनामा विकासोन्मुख अर्थतन्त्रमा थोरै कमाउने अवसर पाउँछन् । विश्व एकीकरणले यस्तो असमानता बढाउँछ । धनी राष्ट्रहरुले गरिब देशका वस्तुहरुलाई उल्लेख्य रुपमा बन्देज गर्छन् । यद्यपि यस्ताखाले समस्याको सम्बोधन गर्दै विश्वव्यापीकरणलाई प्रवर्द्धन र सहजीकरण गर्न विश्व बैंक, विश्व व्यापार संगठन, बिमस्टेक, युरोपियन युनियन जस्ता विभिन्न प्रकृतिका आर्थिक संगठन र मञ्चहरु तथा क्षेत्रीय आर्थिक संगठनहरु क्रियाशील छन् । देशभित्रै भने सामान्यतया यस्तो असमानता बढ्दैन ।

विश्वव्यापीकरण बहुआयामिक हुन्छ । यसले सामाजिक, राजनीतिक र सांस्कृतिक रुपमा प्रभाव पार्छ । अर्थिक रुपले सबल देशहरुको राजनैतिक र आर्थिक हिसाबले विश्व महाशक्ति बन्ने होडबाजी, सांस्कृतिक र वातावरणीय मुद्दा विश्वव्यापीकरणका खास र मुख्य चासो हुन् । इतिहासलाई फर्केर हेर्दा विश्वव्यापीकरणले गर्दा नै विश्वशक्ति स्थानान्तरण भएको पाइन्छ । १३ र १४ औं शताब्दीको कालखण्डसम्म पूर्वी एसिया विश्वशक्तिको केन्द्र थियो । पछि औद्योगिक क्रान्ति, पुनर्जागरण आन्दोलन आदिका कारणले त्यो शक्ति सिफ्ट भएर युरोप र अमेरिकी महादेशमा फैलियो । अहिले फेरि आधुनिक विश्वव्यापीकरणको विश्वव्यापी प्रवृत्ति र लहरसँगै त्यो पुनः एसियातर्फ सर्दै गइरहेको छ ।

धनी राष्ट्रहरुले गरिब देशका वस्तुहरुलाई उल्लेख्य रुपमा बन्देज गर्छन् । यद्यपि यस्ताखाले समस्याको सम्बोधन गर्दै विश्वव्यापीकरणलाई प्रवर्द्धन र सहजीकरण गर्न विश्व बैंक, विश्व व्यापार संगठन, बिमस्टेक, युरोपियन युनियन जस्ता विभिन्न प्रकृतिका आर्थिक संगठन र मञ्चहरु तथा क्षेत्रीय आर्थिक संगठनहरु क्रियाशील छन् ।

उबेला जापान शक्तिशाली साम्राज्य थियो । अहिले चीन र भारतले विश्वको अर्थराजनीतिमा आफ्नो पकड विस्तार गर्दै गइरहेका छन् । अध्येताहरुको आँकलन छ- अबको विश्व नेतृत्व एसियाले गर्नेछ । यतिबेला प्रतिआतंकवाद र गृहयुद्धको सामना गर्न विश्वभरिका देशहरुले अन्तरदेशीय रुपमा र समन्वयात्मक तबरमा नीति बनाउँदैछन्, सहकार्य गर्दै गइरहेका छन् ।

विश्वव्यापीकरणका चालक शक्तिहरु

१) तीव्र गतिमा विकास भइरहेका अर्थतन्त्र- चीन, भारत, ब्राजिल, मेक्सिको, दक्षिण पूर्वी एसियाली देशहरु मध्य र पूर्वी युरोप ।

२) बहुर्राष्ट्रिय कम्पनीहरु- जसले उत्पादन लागत घटाउन आफ्ना सहायक कम्पनीहरु न्यून ज्यालादर र न्यून लागत भएका देशहरुमा स्थानान्तरण गरिरहेका छन् ।

३) बदलिँदो जनसांख्यिक संरचना- खास गरेर भारतमा जहाँ युवा जनशक्तिको ठूलो हिस्सा छ । १५ वर्षमुनिको जनसंख्या ६५ मिलियन छ, २३ वर्षमुनिको युवा जनसंख्या ४०० मिलियन छ ।

४) क्षेत्रीय आर्थिक समूहहरु- विश्व व्यापार संगठन, ईयू, नाफ्टा आदि ।

५) प्रविधि- सबैभन्दा शक्तिशाली चालक

६) अन्तर्राष्ट्रिय व्यापारप्रतिको आकर्षण

७) अन्तर्राष्ट्रिय व्यापार र लगानीमा घट्दो अवरोध ।

८) स्रोत व्यवस्थापन र उपलब्धता (बहुराष्ट्रिय निगमहरु र प्रत्यक्ष वैदेशिक लगानीमार्पmत्)

९) अन्तर्राष्ट्रिय व्यापारिक संगठन (खास गरेर विश्वव्यापार संगठन)

इतिहासलाई फर्केर हेर्दा विश्वव्यापीकरणले गर्दा नै विश्वशक्ति स्थानान्तरण भएको पाइन्छ । १३ र १४ औं शताब्दीको कालखण्डसम्म पूर्वी एसिया विश्वशक्तिको केन्द्र थियो । पछि औद्योगिक क्रान्ति, पुनर्जागरण आन्दोलन आदिका कारणले त्यो शक्ति सिफ्ट भएर युरोप र अमेरिकी महादेशमा फैलियो । अहिले फेरि आधुनिक विश्वव्यापीकरणको विश्वव्यापी प्रवृत्ति र लहरसँगै त्यो पुनः एसियातर्फ सर्दै गइरहेको छ ।

विश्वव्यापीकरणका पाश्र्व प्रभावहरु

हरेक सिक्काका दुई पाटा हुन्छन् भने जस्तै विश्वव्यापीकरणले पनि थुप्रैखाले विकृति विसंगति र जोखिम निम्त्याएको छ । वातावरणीय विनाशले सिर्जना गरेका समस्या (जलवायु परिवर्तन, विश्व तापमानमा भैरहेको वृद्धि) यतिबेलाको साझा विश्व समस्या हो । त्यस्तै सांस्कृतिक र्‍हास, सार्वभौमिकता गुम्ने खतरा, असमानता, व्यवस्थापन, रोजगारी, ज्यालादर, कार्यस्थलका महिला र बाल श्रम शोषण जस्ता विषयहरु चिन्ता र चासोका विषय भएका छन् । शक्ति राष्ट्रहरुको अनावश्यक चासो र हस्तक्षेप हामीले पनि अनुभव गरिरहेका छौं, भोगिरहेका छौं एमसीसी, बीआरआई वा भारतीय परियोजना जस्ता कुराहरुमा । भू-राजनीतिक हलचल तीव्र रुपमा फैलिइरहेको छ । बढ्दो विश्व ध्रुवीकरणले गर्दा पहिलो र दोस्रो विश्व युद्ध निम्त्यायो । अहिले भइरहेको रुस-युक्रेन युद्ध, चीन र अमेरिकाबीचको व्यापार युद्ध आदि जस्ता कुराले फेरि कतै तेस्रो विश्वयुद्ध त हुने होइन भन्ने त्रास बढाइरहेको छ ।

विश्वव्यापीकरण एउटा गतिशील र सर्वमान्य रुपमा चलिरहने प्रक्रिया हो । जुन आर्थिक, सामाजिक, शासकीय, सांस्कृतिक र वातावरणीय अन्तरसम्बन्धको रुपमा विश्वभर छरिएर रहेको हुन्छ । विज्ञान र प्रविधिको वर्तमान युगमा कुनै पनि देश अर्को देशसँग अलग्गिएर रहन असम्भव छ । सहअतिस्त्व, अन्तरसम्बन्ध र परनिर्भरता वास्तविकता हो । जुन देशले समय सापेक्ष रुपमा आफ्नो क्षमता अभिवृद्धि गरी सकारात्मक दिशातर्फ लम्कन्छ, उसैले विश्वव्यापीकरणबाट खास गरेर तुलनात्मक लाभको क्षेत्रमा यथेष्ट लाभ हासिल गर्नसक्छ । यो रणनीतिक व्यवस्थापनको महत्वपूर्ण तत्व पनि हो । यसबाट लाभ हासिल गर्न प्रतिकूलताहरुलाई चिर्दै विकास पथमा अघि बढ्नुपर्छ । युरोप, अमेरिका वा चीनमा अभ्यास गरिएका आर्थिक प्रणाली हुबहु लागू हुन सक्दैन नेपालको परिवेशमा । देशको माटो सुहाउँदो अर्थ व्यवस्था र प्रणाली स्थापित हुन नसक्दा नै हो बारम्बार राजनीतिक व्यवस्था परिवर्तन हुँदा पनि आशा गरिएअनुसारको आर्थिक विकास हुन नसकेको । चिन्तन र मनन विश्वव्यापी दृष्टिकोण राख्दै विश्वबन्धुत्व र भाइचारालाई आत्मसात गर्दै तद्नुसार स्थानीयकरण गरेर जान सकियो भने विश्वव्यापीकरणले अनगिन्ती अवसरहरु सिर्जना गर्नसक्छ ।

(लेखक लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा अध्यापन गर्छन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *