प्रतीक्षा गर्नुहोला, जतिसुकै ठूला माछा भए पनि छुट्दैनन् : गृहमन्त्री लामिछाने (भिडिओ) – Nepal Press

प्रतीक्षा गर्नुहोला, जतिसुकै ठूला माछा भए पनि छुट्दैनन् : गृहमन्त्री लामिछाने (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले राम्रो काम सुरु गरेकाले जतिसुकै ठूला माछा भए पनि नछाड्ने बताएका छन् ।

रास्वपा सभापतिसमेत रहेका लामिछानेले वर्तमान सन्दर्भका विषयमा बोल्दै जनतासँग भएको प्रतिबद्धताअनुसार नै शर्त राखेर सरकारमा गएको बताए ।

उनले भने, ‘आज एउटा मान्छे समात्यो भने भोलि अर्को समातेको सुन्न आतुर हुन्छौं । कतिपय माछा चिप्लो हुन्छ, समाउन खोज्दा खोज्दै चिप्लिन्छन् । कति बाठा हुन्छन्, कति जत्रो जाल हाले पनि छल्न जान्ने हुन्छन् । तर, जतिसुकै ठूला माछा हुन्, नागरिकले दिएको शक्तिका अगाडि तिनको केही लाग्दैन । कुर्नहोला । प्रतीक्षा गर्नुहोला । हामीले त्यसको संकेत देखिन्छ । हाम्रो फेरि निराश हुने चलन छ । एक जना समात्यो, रवि दाइ हाइ हाइ भन्छन्, अनि छोड्यो रवि दाइ बाइ बाइ भनिहाल्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर