मन्त्रीहरूलाई रविको निर्देशन- परिस्थिति जे पनि हुनसक्छ, आजको दिन अन्तिम हो भन्ने सोचेर काम गर्नुस् (भिडिओ) – Nepal Press

मन्त्रीहरूलाई रविको निर्देशन- परिस्थिति जे पनि हुनसक्छ, आजको दिन अन्तिम हो भन्ने सोचेर काम गर्नुस् (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले रिक्स लिएर सरकारमा गएकाले एक मिनेट पनि खेर नफाल्ने बताएका छन् ।

रास्वपा सभापतिसमेत रहेका लामिछानेले वर्तमान सन्दर्भका विषयमा बोल्दै देशका महत्वपूर्ण ठाउँमा आफूहरु पुगेकाले चुनौतीपूर्ण अवस्थामा रहेको बताए ।

उनले भने, ‘हामीलाई यो सरकारमा एकएक मिनेट महत्वपूर्ण रहन्छ । हामीले हाम्रा मन्त्रीहरुलाई भनेका छौं । आजको दिन नै अन्तिम दिन भनेर काम गर्नुस् । परिस्थिति जे पनि हुनसक्छ । जुन दिनसम्म मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ, त्यो दिन नै अन्तिम दिन भनेर काम गर्नुस् भनेर निर्देशन जारी गरेका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर