२ फरक घटनामा घुस लिएको आरोप लागेका ३ जना दोषी ठहर – Nepal Press

२ फरक घटनामा घुस लिएको आरोप लागेका ३ जना दोषी ठहर

काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोप लागेका भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी दोषी ठहर भएका छन् ।

विशेष अदालतले शुक्रवार उनीहरूलाई दोषी ठहर गर्दै जनही ७५ हजार रुपैयाँ जरिवाना र ४ महिना कैद सजाय सुनाएको छ ।

उनीहरू एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

यस्तै ४ हजार रुपैयाँ घुस लिएको आरोप लागेका नापी कार्यालय नवलपरासीका अमिन गोविन्द ढकाल पनि दोषी ठहर भएका छन् ।

उनलाई एक महिना १५ दिन कैद र ४ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर