प्रधानमन्त्रीको सम्बोधन- कांग्रेसले मलाई राजनेताको पगरी लगाइदिएको रेकर्ड संसदमै छ (पूर्णपाठ) – Nepal Press

प्रधानमन्त्रीको सम्बोधन- कांग्रेसले मलाई राजनेताको पगरी लगाइदिएको रेकर्ड संसदमै छ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले आफूलाई कुनै बेला राजनेताको पगरी लगाएर अहिले धोकेबाज भनेर अन्याय नगर्न भनेका छन् ।

राजनेता सरकार पुनर्गठनपछि कसरी ठूलो विश्वासघाती र धोकेबाज भएको भन्दै उनले प्रश्न पनि गरेका छन् ।

विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले संसदमा भने- ‘नेपाली कांग्रेसका साथीहरूले कुनै बेला यही रोष्टममा उभिएर मलाई राजनेता घोषणा गर्नुभएको थियो । मेरो त्यो पदवी अहिले पनि सम्मानित संसदको रेकर्डमा सुरक्षित छ । त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठूलो विश्वासघाती र धोकेबाज भएको छ ।’

कांग्रेसमा विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा प्रभाव पर्न थालेपछि आफू आजित भएर अर्को गठबन्धन गर्न बाध्य भएको उनले बताए ।

पढ्नुहोस् पूर्णपाठ

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर