९ महिनामै तयार भएको तिलोत्तमाको क्रिकेट मैदानमा लिजेन्ड कप भोलिबाट, पारस पनि खेल्दै (तस्बिरहरु) – Nepal Press

९ महिनामै तयार भएको तिलोत्तमाको क्रिकेट मैदानमा लिजेन्ड कप भोलिबाट, पारस पनि खेल्दै (तस्बिरहरु)

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १७ दरखसहवामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको सोमबार उद्घाटन हुँदैछ । उद्घाटनका अवसरमा एक्स्ट्राटेक लिजेन्ड कप टी १० मैत्रीपूर्ण क्रिकेट हुँदैछ ।

त्यही क्रिकेट मैदान हो जुन गत जेठ ३० गते शिलान्यास भएको थियो । गुल्मी घर भइ अष्ट्रेलियामा बस्दै आएका विनोद कुँवर र उनकी श्रीमती सुदीक्षा गौतमले ४० करोडको निजी लगानीमा क्रिकेट मैदान निर्माण गरेका हुन् ।

उद्घाटनमा हुने मैत्रीपूर्ण प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को टी-२० विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागी हुनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *