झलनाथ खनाल भन्छन्- एमालेसहित वामपन्थीहरूको तत्काल पार्टी एकताको सम्भावना छैन (भिडिओ) – Nepal Press

झलनाथ खनाल भन्छन्- एमालेसहित वामपन्थीहरूको तत्काल पार्टी एकताको सम्भावना छैन (भिडिओ)

'प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेपछि जनतामा आशाको सञ्चार भएको छ'

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थीहरुबीच कार्यगत भएका सुरु भएको बताएका छन्।

११४ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताए।

उनले भने- हाम्रो देशको परिस्थिति बदलिएको छ। हिजो दक्षिणपन्थीहरूको एउटा गठबन्धन थियो। गठबन्धनमा हामी पनि थियौँ तर केही पनि गर्न सक्ने अवस्थामा थिएनौँ। हामी सरकारमा थियौँ तर यो काम गर्‍यौँ भन्न सक्ने अवस्था छैन। नीति कार्यक्रम र बजेट हामीले बनाउन सक्ने अवस्था थिएन। दक्षिणपन्थीहरूको प्रभुत्व भएको गठबन्धन टुटेको छ अहिले। अब वामपन्थीहरूको प्रभाव भएको गठबन्धन बनेको छ। यो घटनाले जनतालाई आशाको सञ्चार गरेको छ।

उनले सरकारलाई जनमुखी र राष्ट्रमुखी बनाउन आफूहरूले भूमिका खेल्नुपर्ने बताए।

उनले भने- हिजोको गठबन्धनमा दलाल पूँजीपतिका प्रतिनिधिहरू थिए। कांग्रेसले केही गर्न सक्दैन। अहिलेको सरकार वामपन्थीहरुबीचको कार्यगत एकता हो। हामी अहिले पार्टी एकता गर्न गइरहेका छैनौँ त्यो तत्काल सम्भव पनि छैन। हामीले वैचारिक राजनीतिक हिसाबले बलियो बनाउन लाग्नुपर्छ। त्यसलाई हाम्रो राष्ट्रिय महाधिवेशन आउँदैछ। हामीले समाजवादको कार्यदिशा अगाडि बढाउनुपर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर