पाशुपत क्षेत्रमा महाशिवरात्रिको महामेला (तस्बिरहरू) – Nepal Press

पाशुपत क्षेत्रमा महाशिवरात्रिको महामेला (तस्बिरहरू)

काठमाडौं । आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी महाशिवरात्रि पर्व देशभर मनाइँदैछ । पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिर बिहानैदेखि दर्शनार्थीले भरिएको छ । बिहान ३ बजेतिरबाटै जयबागेश्वरी, गौशाला, तीलगंगाबाट भक्तजन लाम लागेका छन् । मन्दिरका चारैवटा ढोका खोलिएका छन् ।

त्यस क्षेत्रमा सवारी आवागमन व्यवस्थित गर्न गौशालातिरबाट जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता डाइभर्सन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

महाशिवरात्रि मेलाको सुरक्षार्थ लागि ४०९४ सुरक्षाकर्मी खटाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ लागू गरेको प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए ।

तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको उनले जानकारी दिए । उनीहरू भोलिसम्म खटिने छन् ।

हेरौं पशुपति वरपरका केही तस्बिर-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *