चितवनमा बालिकाको मृत्यु शंकास्पद भन्दै नेविसंघको प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग (तस्बिरहरू) – Nepal Press

चितवनमा बालिकाको मृत्यु शंकास्पद भन्दै नेविसंघको प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग (तस्बिरहरू)

काठमाडौं । चितवनमा १३ वर्षीया बालिकाको मृत्यु प्रकरण शंकास्पद भएको भन्दै नेविसंघ इतर पक्षले संसद भवनअगाडि प्रदर्शन गरेको छ । रत्ननगर नगरपालिका- १० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा ८ मा पढ्ने बालिका होस्टेलमा शनिबार झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

बालिकाका आफन्तले विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल र वार्डेनविरुद्ध किटानी जाहेरी दिएका छन् । बलात्कारपछि हत्या भएको आफन्तले जाहेरीमा उल्लेख गरेका छन् ।

उनको बलात्कारपछि हत्या भएको भन्दै नेविसंघका कार्यकर्ताले दोषीलाई लुकाउन खोजेको भन्दै अपरान्ह संसद भवनअगाडि विरोध जनाएका छन् । प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका छन् ।

प्रदर्शनको क्रममा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *