न्याय सेवाका ७ सहसचिवसहित ११६ कर्मचारीको सरुवा (सूची) – Nepal Press

न्याय सेवाका ७ सहसचिवसहित ११६ कर्मचारीको सरुवा (सूची)

काठमाडौं । न्याय सेवा आयोगले सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले कानून समूह, सरकारी वकिल समूह, न्याय समूहका कर्मचारीको सरुवा तथा पदस्थापनका लागि सिफारिस गरेको हो ।

जसमा ७ सहसचिव, उपसचिव र शाखा अधिकृत गरेर ११६ जनाको विभिन्न निकायमा सरुवा भएको छ । जसमा ७ सहसचिव र ४५ उपसचिव गरेर ५२ जना कर्मचारीको बढुवापछिको पदस्थापन भएको छ ।

सरुवा सूचीअनुसार कानून समूहका सहसचिव निर्मला अधिकारीको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव धर्मराज कुइँकेलको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव दलबहादुर अधिकारी पनि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा दरबन्दी रहेका र अहिले काजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा रहेका किशोरकुमार चौधरीको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशमा कार्यरत सहसचिव विनोदकुमार भट्टराईको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा सरुवा भएको छ ।

सरकारी वकिल समूहतर्फ उच्च सरकारी वकिल कार्यालय नेपालगञ्जमा दरबन्दी रहेका र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कार्यरत सहन्यायाधिवक्ता कृष्णराज पन्तको उच्च सरकारी वकिल कार्यालय जुम्लामा सरुवा भएको छ । उच्च सरकारी वकिल कार्यालय दिपायलमा दरबन्दी रहेका तर, काजमा महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत गोविन्द खनालको महान्यायाधिवक्ताको कार्यालयमै सरुवा भएको छ ।

बढुवा, नियुक्ति तथा पदस्थापनतर्फ कानून समूहतर्फ उपसचिवबाट सहसचिवमा बढुवा भएका अर्जुनप्रसाद खनालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा पदस्थापन भएको छ । राजन नेपालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा पदस्थापन भएको छ ।

सरकारी वकिल समूहतर्फ बढुवा तथा पदस्थापनमा रुद्रप्रसाद पन्थीको उच्च सरकारी वकिल कार्यालय सुर्खेतमा सहन्यायाधिवक्ताको रुपमा पदस्थापन हुँदा उमाकान्त पौडेलको उच्च सरकारी वकिल कार्यालय नेपालगञ्जमा सहन्यायाधिवक्ताकै रुपमा पदस्थापन भएको छ ।

न्याय समूहतर्फ उपसचिवबाट सहसचिवमा बढुवा भएका प्रेम खड्काको उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगञ्जमा रजिष्ट्रार पदमा पस्थापन हुँदा कानून समूहतर्फ उपसचिवबाटै सहसचिवमा बढुवा भएका कृष्णकुमार कार्कीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशमा पदस्थापन भएको छ । सरकारी वकिल समूहतर्फ उपसचिवबाट सहसचिवमा बढुवा भएका लक्ष्मण उपाध्यायको उच्च सरकारी वकिल कार्यालय दिपायलमा सहन्यायाधिवक्ताको रुपमा पदस्थापन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर