एमाले कैलाली अधिवेशन: छैटौँ दिनमा मतदान सुरु, त्रिपक्षीय भिडन्त – Nepal Press

एमाले कैलाली अधिवेशन: छैटौँ दिनमा मतदान सुरु, त्रिपक्षीय भिडन्त

कैलाली । नेकपा एमाले कैलालीको नेतृत्व चयनको लागि आज मतदान सुरु भएको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उनले आइतबार राति सम्म सहमतिको प्रयास गर्न र सहमति नहुँदा सोमबार बिहानै चुनाव गर्न निर्देशन दिएका थिए ।

तर, ओलीले दोस्रो दिनमै निर्वाचन गर्न भने पनि छैटौँ दिनमा मतदान सुरु भएको हो ।अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा छन् । आज पहिलो मत अध्यक्षमा उम्मेदवार पाण्डेले दिएका थिए । त्यसपछि जोशी र ढुङ्गानाले मत दिए ।

उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । चन्द यज्ञराज ढुङ्गाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन् । उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर