ओलीको टिप्पणी- मन्त्री निर्लज्ज भयो भन्दैमा सिंगै सरकार निर्लज्ज हुने, हटाउनु पर्दैन ? – Nepal Press

ओलीको टिप्पणी- मन्त्री निर्लज्ज भयो भन्दैमा सिंगै सरकार निर्लज्ज हुने, हटाउनु पर्दैन ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा मन्त्री निर्लज्ज भएमा सरकार/प्रधानमन्त्री नै निर्लज्ज हुन नहुने बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले कुनै व्यक्ति, कुनै पार्टीको विषयमा सरकार नै निर्लज्ज हुने काम भएको बताए ।

‘प्रधानमन्त्रीलाई यसमा अप्ठ्यारो लाग्नुपर्दैन ? प्रधानमन्त्रीले मन्त्री हटाउनुपर्दैन ? मन्त्रीले राजीनामा नदिने भए आफूले हटाउनुपर्दैन ? मन्त्री निर्लज्ज भयो भने प्रधानमन्त्री, सिंगै सरकार नै निर्लज्ज हुने ?’, उनले मन्त्री प्रकाश ज्वाला तथा स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई लक्षित गर्दै भने, ‘नैतिकतालाई सरकारले छोडेपछि सिंगै देशले छोड्दिने ? भ्रष्टाचारको अभियोग लागेर झण्डा हालेर हिँडिरहेका छन् ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर