एमाले बैठक- सुदूरपश्चिम टोलीले दियो यस्तो सुझाव – Nepal Press

एमाले बैठक- सुदूरपश्चिम टोलीले दियो यस्तो सुझाव

कैलाली । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलपछि प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

सुदूरपश्चिम प्रदेशको टोलीले सीमा अतिक्रमणदेखि जनजीविकाका विषयमा सदन र सडकमा बलियो रूपमा प्रस्तुत हुन सुझाव दिएको छ । अध्यक्ष कृष्णप्रसाद जैशीले सुदूरपश्चिम प्रदेशको तर्फबाट सुझावहरू प्रस्तुत गरेका थिए ।

एमाले नेतृत्वको सरकारले भारतले अतिक्रमण गरिरहेको लिपुलेक लिम्पियाधुरा र कालापानीको भूगोल नक्सामा राखेपछि वर्तमान सरकारले त्यसको कार्यान्वयनमा चासो नदिएको बताएका थिए । कञ्चनपुरको दक्षिणी भूभागमा पनि सिमा अतिक्रमण भइरहेको भन्दै भारतीय हस्तक्षेपका विरुद्धमा आवाज उठाउन सुझाव दिइएको थियो ।

पार्टी शुद्धीकरण र सुदृढीकरण अभियानका विषयमा पनि सुझाव दिइएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘जनवर्गीय संगठनहरूलाई अझै सक्रिय बनाउनु पर्ने विषय उठेको छ, जनजीविका र जनचासोका विषयमा सडक र सदनमा सशक्त रूपमा आवाज उठाउनुपर्नेमा जोड दिएका छौं’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर