एमाले बैठकमा कोशीको प्रस्तुति- प्रदेश नामकरणको अपनत्व लिएर जनतामाझ जाने – Nepal Press

एमाले बैठकमा कोशीको प्रस्तुति- प्रदेश नामकरणको अपनत्व लिएर जनतामाझ जाने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा कोशी प्रदेशको समूहगत प्रस्तुति सकिएको छ ।

प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेशको नाम संवैधानिक विधि र प्रक्रियाबाट कोशी राखिएकोमा अपनत्व लिएर जनतामाझ जाने बताएका छन् । छलफलमा सहभागीले प्रदेशसभाले राखेको प्रदेशको नाम कोशीलाई एकमतले समर्थन गरेका छन् ।

यसै गरी वर्तमान सरकारले देश संकटमा फसाउँदै लगेको निष्कर्षसहित सरकारका कदमको भण्डाफोर गर्न जनतामाझ जाने निष्कर्ष निकालिएको छ । सहभागी एक केन्द्रीय सदस्यका अनुसार वर्तमान गठबन्धनको सरकारले देशलाई अधोगतिमा लगेकाले यो सरकारले गरेका गलत कदमको बारेमा कार्यकर्ता मार्फत तल्लो तहसम्म भण्डाफोर गर्ने उल्लेख छ ।

छलफलले २०८१ लाई संगठन शुद्धीकरण र सुदृढीकरण अभियान वर्षको रूपमा मनाउन विभिन्न कार्ययोजना अघि सारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर